Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोर्चाले धम्काएपछि एमालेबाट सरकारसँग सुरक्षा माग

सुनसरी, फागुन २३ । नेकपा एमालेको मेची–महाकाली अभियानलाई अबरोध गर्ने उदेश्यले मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गर्न थालेपछि सरकारसँग सुरक्षा माग गरेको छ ।सुनसरी इटहरीमा आज बिहान बसेको एमालेको बैठकले राष्ट्रिय अभियानलाई मधेसी मोर्चाले असफल बनाउन आक्रमणको धम्की दिएको र सरकारले समेत अप्रत्यक्ष रुपमा विफल बनाउन खोजेको भन्दै एमालेले अभियानमा भरपर्दो शान्ति सुरक्षा प्रदान गर्न सरकारसंग माग गरेको हो ।

मोर्चाका कार्यकर्ताहरुले सप्तरी, सिराहा जिल्ला लगायतका स्थानमा पार्टीले गरेको राष्ट्रिय अभियानलाई आक्रमणको धम्की दिनु र गृहमन्त्री बिमलेन्द्र निधिबाट एमालेलाई मेधशबाट लखेट्ने धम्की आउनु एमाले अभियानलाई असफल बनाउने षड्यन्त्र भएको प्रवक्त योगेश भट्राइले बताए ।

यसैवीच सप्तरीको राजविराज रुपनी सडक खण्डको रायपुर १ को पुल मुनि बम फेला परेपछि बम कसले राख्यो भन्ने बिषयमा अनुसन्धान शुरु गरिएको सथानी प्रशासनले जनाएको छ । प्रहरीका अनुसार रातो कपडाले बेरिएको प्रेसर कुकर बम रहेको जानकारी दिएको छ । अहिले बम फेला परेको स्थानमा सप्तरी स्थित कृष्णदल गणको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ ।

टोलीले बम डिस्पोजल गर्ने तयारी गरिरहेको छ । बम फेला परेको स्थान भने एमालेका नेताहरुले सम्बोधन गर्ने राजविराजस्थित गजेन्द्रनारायण औद्योगिक क्षेत्रबाट डेढ किलोमिटरको दुरीमा पर्छ । बमको हल्लापछि सभास्थलमा थप सुरक्षाकर्मी थपिएको छ । बिहानैदेखी मोर्चाका कार्यकर्ताहरु सडकमा उत्रिएर एमालेको अभियानलाई बिरोध गरिरहेका छन् । सम्भाबित घटना र झडप हुन नदिन १५ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिनाले बताएका छन् ।

प्रकाशित मिति: Mar 6, 2017

प्रतिक्रिया दिनुहोस्