Logo
८ बैशाख २०८१, शनिबार
(March 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनको विकास दर लक्ष्य हासिल हुन सकेन

बिबिसी, बैइजिङ । विश्वको ठूलो दोस्रो अर्थतन्त्रको रेखामा दौडीरहेको चीन यस वर्ष आफैंले लिएको आर्थिक विकास लक्ष्य हासील गर्नबाट चुकेको छ । पछिललो छोटो समयमै तिव्र विकास हासिल गरेको बलियो अर्थ व्यवस्था बनाउन सफल चीन आफ्नो अघिल्लो वर्ष लिएको अनुमानित लक्ष्य गुमाएको हो । उसले करिब ७ प्रतिशत विकास दरमा लिएकोमा अनुमानित लक्ष्य हासिल गर्न नसकी साढे ६ प्रतिशत मै चित्त बुझाउनु परेको विभिन्न एजेन्सीहरुले जनाएका छन् ।

चीनका प्रधानमन्त्री लि खस्याङका अनुसार यस वर्षको विकस लक्ष्य साढे ६ प्रतिशतमात्रै पुगेको छ । बेजिंङ स्थित नेशनल पिपुल्स कांग्रेस (एनपसी) को वार्षिक अधिबेशनले उक्त कुरा बताएको हो । पछिल्लो २६ वर्ष यता चीनको अर्थ व्यवस्थामा गत वर्ष नै सबैभन्दा कम लक्ष्य हासिल गरेको जनाएको उसले जनाएको छ ।

उक्त कुराको विश्लेषण गर्दै भारतको केन्द्रिय तथ्यांक संगठन (सीएसओ) का अनुसार उक्त चीनको जारी आँकडा ले यहि अक्टोबर डिसेम्बर महिनासम्म आर्थिक विकास दर ७ प्रतिशत लिने अनुमान भएको जनाएको छ । तर, प्रत्येक त्रैमासिक आउने तथ्यांकमा घट्दै गएपछि विश्व अर्थतन्त्र नै प्रभावित बनाउन सकिने जनाएको छ । विश्व अर्थ व्यवस्थामा दोस्रो नम्बरमा आउने प्रयासमा अन्य देशहरु समेत रहेका छन् गत वर्ष मात्रै चीनले आफ्नो अर्थिक विकासको लक्ष्यलाई चुम्दै यो स्थान कायम राखी रहेको थियो ।

चीनमा आएको आर्थिक विकासको उक्त गिरावटले चीनलाई मात्र नभइ विश्व अर्थतन्त्रलाई नै प्रभाव पर्ने अर्थ विश्लेषकहरुले जनाएका छन्। उत्त आर्थिक गिरावटका कारण सि जिनपिङको कुटनीति र अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्पले लिएको पछिल्लो अडानलाई पनि केलाउन थालिएको पाइन्छ । अहिलेसम्म चीनको आर्थिक उचाइलाई चीनीया कम्युनिष्ट पार्टीका नेता सी जिनपिङ प्रति मानिसहरुले विस्वास राखेका थिए । चीनका जनताले उनको बहादुरी चतुर दुरदर्शी कुटनीतिका कारण समृद्धिले अघि बढेको विस्वास थियो ।

पछिल्लो समय अमेकिी राष्ट्रपति डोनाल्ड ट्रप्प र चीनका बीच हुन गएको व्यापार नीति तथा विश्व बजारमा आएको विनिमय दरको उत्तार चढावले अप्रत्यक्ष रुपमा प्रभाव पारेको हुन सक्ने विभिन्न मिडिया तथा अर्थ विदहरुले विश्लेषण गरेका छन् । कतिपय ऐजेन्सीहरुले अमेरिकी राष्ट्रपति ट्रम्पको आवरण देखाइ अझै आगामी बर्ष चीनको आर्थिक बृद्धिमा गतिरोध आउन सक्ने अनुमान समेत लगाएका छन् ।उनीहरुले सी जिन पिङको दोस्रो कार्यकाल आर्थिक नकारात्मक रुपले प्रतिबाद भइ नेतृत्वमा समेत विवाद देखिन सक्ने विश्लेषकहरुले अनुमान छ ।

प्रकाशित मिति: Mar 5, 2017

प्रतिक्रिया दिनुहोस्