Logo
८ बैशाख २०८१, शनिबार
(March 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

#सुन प्रकरणः फेसबुक ‘म्यासेन्जर’ को प्रयोग

काठमाडौं । लामो अनुसन्धानपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन नेपाल कसरी भित्रियो भन्ने तथ्य सार्वजनिक गरेको छ ।  पत्रकार सम्मेलनमा केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालले सुन तस्करीमा फेसबुक म्यासेन्जरबाट फोटो पठाउने गरेको तथ्य भेटिएको जानकारी दिए ।

ब्युरोले आइतबार पत्रकार सम्मेलन गरेर सुन तस्करीको तथ्य सार्वजनिक गरेको हो। प्रहरीका अनुसार ३३ किलो सुन प्याकिङ र नेपालसम्म ल्याउने व्यवस्थापनका लागि पाँच व्यक्ति सक्रिय थिए । प्रहरी अनुसन्धाबाट सार्वजनिक भएको तथ्य अनुसार विदेशबाट सुन ल्याउनेले लगेजको फोटो फेसबुकको म्यासेन्जरबाट नेपालमा पठाउने गरेको देखिएको छ ।

सुन बोकेर ल्याउने र लगेजको फोटो सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत् नेपालमा सुन रिसिभ गर्ने व्यक्तिलाई पठाउने गरेको र उक्त फोटो भन्सारका कर्मचारीसम्म फेसबुक म्यासेन्जर मार्फत नै पठाउने गरेको तथ्य समेत सार्वजनिक भएको छ । सुन तस्करीमा संलग्न भएको आरोपमा अनुसन्धानका क्रममा प्रहरीले १२ जनालाई पक्राउ गरेको थियो । दुई महिना लामो अनुसन्धानपछि ब्युरोले आइतबार सुन तस्करीको तथ्य सार्वजनिक गरेको हो । सुन तस्करीको मुद्दा अब अदालती प्रक्रियामा प्रवेश गर्ने छ।

प्रकाशित मिति: Mar 5, 2017

प्रतिक्रिया दिनुहोस्