Logo
१२ श्रावण २०८१, शनिबार
(March 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाई/हलो विवादले राप्रपा फुटको संघारमा

काठमाडौं, २१ फागुन । गाई/हलोले राप्रपामा दिएको विवाद उत्कर्षमा पुगेको छ । पार्टीको चुनावी चिन्ह, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठकबाट बहुमत केन्द्रीय सदस्यको चाहना भन्दै गाई चुनाव चिन्ह राख्ने निर्णय भएसँगै विवाद उत्कर्शमा पुगेको हो ।

राप्रपाको शुक्रबारको केन्द्रीय समिति बैठकबाट अध्यक्ष कमल थापाले पार्टीको चुनाव चिन्ह गाई राख्ने निर्णय गराएसँगै वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले तीब्र असन्तुष्टि जनाएका छन् । यस्तै अर्का नेता लोकेन्द्र बहादुर चन्द, पशुपति शमशेर राणा, बुद्धिमान तामाङलगायतले पनि चुनाव चिन्हप्रति असन्तुष्टि जनाएको बताइएको छ ।

लोहनीले शुक्रबार राती सामाजिक सञ्जालमार्फत पार्टीले चुनाव चिन्ह हलो छाडेकोमा आफ्नो असन्तुष्टि रहेको बताएका छन् भने हलोप्रति आस्था राख्ने नेता कार्यकर्तालाई धैर्य गर्न समेत आग्रह गरेका छन् । ‘राप्रपाले चुनाब चिन्ह हलो छोडेको छ, यसमा मेरो असहमति छ ।

एकता हुँदाको समय झन्डा राप्रपा नेपालको हुने भनि सहमति भएको हो । चुनाब चिन्हको हकमा हलो हुने समजदारी भएको हो’, लोहनीले भनेका छन्, ‘ आज त्यो समझदारी बिपरित निर्णय भएको छ । राप्रापा हलोप्रति आस्था राखने सबै साथीहरुलाई धैर्य राख्न अनुरोध गर्दछु ।’

लोहनीले केन्द्रीय समितिको बैठकमा कुनै पनि हालतमा चुनाव चिन्ह हलो राखिनुपर्ने धारणा राखेका थिए भने महाधिवेशन उद्घाटन सत्रमा पनि ‘हलोले भलो गर्ने’ विचार राखेका थिए । लोहनीले सार्वजनिक रुपमै हलोमा आस्था राख्नेहरुलाई धैर्य गर्न अनुरोध गरेसँगै अब उनी कसरी अघि बढ्लान् भन्ने चासो उत्पन्न भएको छ ।

२०४८ सालमा एकैसाथ दुई पार्टी खुल्दा लोकेन्द्र बहादुर चन्द नेतृत्वको राप्रपाको चुनाव चिन्ह हलो थियो भने सूर्यबहादुर थापा नेतृत्वको राप्रपाको चुनाव चिन्ह गाई थियो । चुनाव चिन्हको विवादकै कारण पार्टी एकता भएको तीन महिना बित्न नपाउँदै राप्रपामा विभाजनको संघारमा पुग्ने खतरा देखिन थालेको छ । उता केशरवहादुर विष्टले अनामनगरमा छुट्टै पार्टी कार्यालय स्थापना गरिसकेका छन् ।

प्रकाशित मिति: Mar 4, 2017

प्रतिक्रिया दिनुहोस्