Logo
१३ बैशाख २०८१, बिहीबार
(March 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लौ पढ्नुस् सत्यः पशुपतिनाथ टण्डनको खोरिया !

काठमाण्डौ । शिवरात्रिको मेला, ७ लाख भक्तहरुले भगवान शिवको दर्शन गरे, मेला भरे । अन्तमा पशुपति विकास कोषले रिपोर्ट दियो– भेटी र चन्दा २ लाखमात्र उठ्यो । कसैले पत्याउनै नसकिने तथ्यांक दिएर सदस्य सचिव गोविन्द टण्डनले दिउँसै रात पारे ।

सामान्य दिनमै यति भेटी उठ्छ भने शिवरात्रिका दिनमा त पचासों लाख भेटी उठ्नुपर्ने हो । सुरक्षाकर्मी जो सुरक्षामा खटिएका थिए, तिनले पनि देखेका थिए– प्रत्येक भक्त पाँच देखि हजारसम्मका भेटी चढाइरहेका थिए ।

७ लाखले दर्शन गर्दा २ लाख भेटी, एकै रुपैयाँका दरले भए पनि ७ लाख उठ्नुपथ्र्यो । शिवरात्रिका दिन भगवान शिवजीमाथिसमेत शोषण, अनियमितता, भ्रष्टाचार ।

गोविन्द टण्डनलाई शिवभक्त भनेर सरकारले सदस्य सचिव नियुक्त गरेको हो । उनैले पशुपति परिसरका जग्गा उनका नातेदार केही परिवारलाई कौडीका मोलमा बेच्ने तैयारी गर्दा ठूलै हंगामा भएको केही दिनमै आएको शिवरात्रिको भेटीमा पनि टण्डनले लामो हात गरेका छन् ।

मिथ्याङ्क हो भनेर सबैले जिब्रो टोके । भगवान पशुपतिनाथ टण्डनको खोरिया बन्दैछ ।

प्रकाशित मिति: Mar 3, 2017

प्रतिक्रिया दिनुहोस्