Logo
१२ बैशाख २०८१, बुधबार
(March 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैशाख २४ गतेबाट तोकिएको कक्षा ११ परिक्षाको मिति सर्यो

भक्तपुर, फागुन २० । स्थानीय चुनावका कारण बैशाख २४ गतेबाट तोकिएको कक्षा ११ परिक्षा सरेको छ । राष्ट्रिय परिक्षा बोर्डले २०७४ सालको कक्षा ११ को परीक्षा सञ्चालन मिति पर सारेको जनाएको हो ।

आज बसेको बोर्ड परिक्षा सञ्चालन समितिको बैठकले परिक्षा मिति सार्ने निर्णय गरेको हो । सरकारले वैशाख ३१ गते स्थानीय निकायको चुनाव घोषणा गरेकोले वैशाख २४ गतेदेखि सञ्चालन हुन लागेको परीक्षा पछि सारिएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए ।

उनका अनुसार परिक्षा सरेको सुचना शनिबार प्रकाशित गरिने छ । अर्यालले भने ‘कक्षा ११ को परीक्षा असार १ देखि ११ गतेसम्म सञ्चालन गर्ने निर्णय भएको छ ।’ बोर्डले यसअघि कक्षा ११ को परीक्षा तालिका वैशाख २४ देखि जेठ तीन गतेसम्म लिनेगरी निकालेको थियो ।

बोर्डका अनुसार कक्षा १२ को परीक्षा भने तोकिएकै मितिमा हुने छ । कक्षा १२ को आउँदै वैशाख १० गतेदेखि सुरु भएर २२ गते सकिने छ । स्थानीय चुनावको मिति घोषणा भएपछि निर्वाचन आयोगले बैशाख २५ गतेदेखि ३१ गतेसम्म सवै विद्यालय बन्द गर्न माग गरेको थियो ।

प्रकाशित मिति: Mar 3, 2017

प्रतिक्रिया दिनुहोस्