Logo
१५ बैशाख २०८१, शनिबार
(March 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘बैदेशिक लगानीकै जगमा आर्थिक समृद्धि हाशिल हुने’

काठमाडौ, फागुन २० ।  भारतीय अर्थमन्त्री अरुण जेट्लीले बैदेशिक लगानीकै जगमा आर्थिक समृद्धि हाशिल हुने बताएका छन् । उनले नेपालको पूर्वाधार विकास र जलविद्युत क्षेत्रको विकासमा लगानी गर्न भारत सरकार आतुर रहेको भन्दै भारतीय अर्थमन्त्री जेट्लीले केही दिनभित्रै नेपालमा देखिएको भारतीय मुद्रा सटहीसम्बन्धि समस्या समाधान हुने पनि बताए ।

नेपाल लगानी सम्मेलनमा भाग लिन काठमाडौं आएका भारतीय अर्थमन्त्री जेटलीले विश्वका शक्तिशाली राष्ट्रहरु बैदेशीक लगानीकै जगमा समृद्ध भएको दृष्टान्त पेश गर्दै भारत र चीनको आर्थिक विकासमा पनि बैदेशिक लगानीकै हात रहेको स्पष्ट पारे ।

अर्थमन्त्री जेट्लीले भारत नेपालको आर्थिक विकासमा सघाउन सदा तयार रहेको पनि उल्लेख गरे । उनले नेपालको पूर्वाधार विकास र जलविद्युत क्षेत्रको विकासमा लगानी गर्न भारत सरकार आतुर रहेको भन्दै भारतीय अर्थमन्त्री जेट्लीले केही दिनभित्रै नेपालमा देखिएको भारतीय मुद्रा सटहीसम्बन्धि समस्या समाधान हुने पनि बताए ।

जेट्लीले नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकबीच नेपालमा देखिएको भारतीय मुद्रा सटहीसम्बन्धी समस्या समाधान गर्ने विषयमा छलफल भईरहेको स्मरण गराउँदै छिट्टै समाधान हुने स्पष्ट पारे । अर्थ मन्त्री जेट्लीले प्राकृतिक स्रोत, साधनले सम्पन्न रहेको नेपालको आर्थिक विकास अव तीव्र गतिमा अघि बढ्ने विश्वास समेत व्यक्त गरे ।

भारतीय अर्थमन्त्री जेट्लीले सम्मेलनको दोस्रो सत्रलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेपालको विकासमा अव लगानीको अभाव नहुने पनि बताए ।

प्रकाशित मिति: Mar 3, 2017

प्रतिक्रिया दिनुहोस्