अन्ततः चुनाव चिन्ह गाई राख्ने निर्णय

काठमाडौँ, फागुन २० । केही शीर्ष नेताहरुको असहमतिका बीच राप्रपाको केन्द्रीय समितिको बैठकले पार्टीको चुनाव चिन्ह गाई राख्ने निर्णय गरेको छ । पार्टी मुख्यालयमा जारी पार्टीको बैठकले शुक्रबार सो निर्णय गरेको केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।
य गरेको हो । चुनाव चिन्ह के राख्ने भन्ने विषयमा बैठकमा विभिन्न सुझावहरु आएका थिए । गाईलाई नै पार्टीको चुनाव चिन्ह बनाउने प्रस्ताव अघि आए पछि लोकेन्द्र बहादुर चन्द, प्रकाशचन्द्र लोहनी लगायत नेताहरुले त्यसमा असहमति जनाएका थिए ।