Logo
११ बैशाख २०८१, मंगलबार
(March 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले कार्यकर्तालाई कालोमोसोः ‘मधेशमा बस्ने भए एमाले छोड’

राजविराज, २० फागुन ।  मेची–महाकाली अभियानको प्रचार प्रसारमा रहेका एमालेका एक नेतालाई शुक्रवार राजविराजमा मधेशी मोर्चाका कार्यकर्ताले कालोमोसो दलेका छन् । अभियानको बारे पर्चा वितरण गर्दै हिँडेका पार्टीका जिल्ला उपसचिव प्रतापनारायण चौधरीलाई कालोमोसो दलिएको हो ।

राजविराज १ हटियामा पर्चा बितरण गरिरहेको समयमा मोर्चा कार्यकर्ताले चौधरीलाई घेरा हाली कालोमोसो दलेका थिए । उनलाई मालोमोसो दल्न शुरु गरेपछि जिल्ला सचिव शम्भु यादवसहितका एमाले नेताहरु भने भाग्न सफल भएका थिए ।

मोर्चाका जिल्ला संयोजक दिनेश यादवले एमालेविरुद्व मधेसी जनता आक्रोशित रहेको बेला पनि आफ्नो गतिविधीलाई निरन्तरता दिएपछि थप आक्रोशित भएर उक्त घटना भएको बताएका छन् । जनताले स्वत स्फुर्त रुपमा कालोमासो दलेको उनको दाबी छ ।

यादवले भने ‘यो मधेश एमालेको बाउको होइन हामि मधेशीलाई एमालेले बिदेशी भन्छन अनि हाम्रै केहि मधेशीहरु उमालेका एजेण्ट बन्दै मधेशका ठेकादार बन्ने पवृती बढेको छ यस्तालाइृ होडिन्न’ ।

उल्टै प्रतिप्रशन गर्दे उनले भने, ‘एमाले जसका नेताहरु आफै भारत तिब्बत र भूटानबाट आए उनीहरुले हामिलाई राष्ट्रियता सिकाउने ? यस्ताको अब खेरियत छैन, चेतावनी दिएर भन्छु मधेशमा बस्ने भए मधेशमा बस्ने भए एमाले छोड’ ।

यता, एमाले अध्यक्ष गोविन्द न्यौपानेले भने मोटरसाईकलमा काम विशेषले वजार निस्किएका चौधरीलाई मोर्चाका कार्यकर्ताले गाडीमा कालो झण्डा राख्न र पार्टी छोड्न धम्की दिएपछि सोको प्रतिवाद गर्दा पछाडिबाट मोसो दलिएको भन्दै आपत्ती जनाएका छन् ।

उनले पार्टी सचिव शम्भु यादवको पैसा र पर्चा सामग्री सहितको झोला समेत मोर्चाका कार्यकर्ताले लिएर गएको वताउँदै त्यस्ता ब्यक्तिलाई कारवाही गर्न समेत माग गरेका छन् ।

यसअघि बिहीबार एमालेका कार्यकर्ता र मोर्चा कार्यकर्ताबीच राजविराजमा सामान्य झडप समेत भएको थियो । अभियानको पर्चा बितरण र घरदैलो गरिरहेको समयमा मोर्चा र एमाले कार्यकर्ताबीच सुरु भएको झडप प्रहरीले सामान्य वनाएको थियो ।

प्रकाशित मिति: Mar 3, 2017

प्रतिक्रिया दिनुहोस्