Logo
१३ बैशाख २०८१, बिहीबार
(March 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एउटै मंचमा देखिए प्रचण्ड-देउवा: ओलीले के बोले ?

काठमाडौं, १९ फागुन । धेरै समय पनि प्रधानमन्त्री पुष्पकमल दाहल, कांग्रेस सभापती शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली एउटै मंचमा देखिएका छन् ।

आजबाट राजधानीको सोल्टी होटलमा सुरु भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनलाई सम्बोधन गर्न एकै ठाउँमा देखिए । एउटै मञ्चमा रहेर सबै दलका शीर्ष नेताले मुलुकको अबको मुल एजेण्डा आर्थिक विकासमात्रै भएको एकै स्वरमा बताए । उनीहरुले राजनीति स्थीरताको अन्त्य भएको बताएका थिए ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र चीनबाट फाइदा लिनुपर्ने बताए । उनले मुलुकमा राजनीतिक संक्रमणकाल सकिएको भन्दै अबको मुल एजेण्डा आर्थिक विकासमात्रै भएको बताए । ‘हामी लगानीको सुरक्षा हुन्छ भनेर ग्यारेन्टी गर्छौ,’ उनले भने ।

एक दशक लामो जनयुद्धपछि पनि एक दशक मुलुकमा राजनीतिक संक्रमणकाल रहेको तर नयाँ संविधानको घोषणा भएसँगै संक्रमणकाल सकिएको प्रचण्डको भनाई छ ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको आर्थिक विकासका लागि नयाँ लगानी आवश्यक परेको बताए । कांग्रेसले सुरु गरेको आर्थिक उदारीकरणले लगानीको वातावरण बनाएको भन्दै ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्ताहरुलाई देउवाले आग्रह गरे ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले राजनीतिक एजेण्डामा दलहरुबीच मतभेद भएपनि आर्थिक एजेण्डामा सबै एकै ठाउँमा उभिएको बताए ।

‘नेपालका लागि अवको आबश्यकता भनेको लगानीको हो, आर्थिक विकासको हो, यो सन्दर्भमा नेपालभित्र रहेका राजनीतिक दलहरुबीच कुनै फरक धारणा छैन,’ सम्मेलनलाई सम्बोधन गर्दै ओलीले भने ।

नयाँ संविधान निर्माण भएसँगै आर्थिक विकास देशको पहिलो प्राथमिकता भएको उनको भनाई थियो । ‘नेपालमा लगानी गर्न पनि सजिलो छ, किनभने यहाँ कुनैपनि लगानीकर्ताले देशको प्रधानमन्त्रीलाई भेटेर आफ्ना समस्या राख्न पाउँछन,’ ओलीले भने ।

अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले लगानीको संरक्षण गर्न कुनै कन्जुस्याईँ नगर्ने बताए । सबै प्रकारका लगानीलाई स्वागत गर्दै उद्योगलाई २४सै घन्टा बिजुली उपलब्ध गराउने अर्थमन्त्री प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति: Mar 2, 2017

प्रतिक्रिया दिनुहोस्