Logo
१३ बैशाख २०८१, बिहीबार
(March 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बीपी कोइरालामा कर्मचारीले छाडेपछि फेरि मच्चियो उत्पात !

काठमाडौं, १९ फागुन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उत्पात मच्चिएको छ । प्रशासनको व्यवहार ठिक नभएको भन्दै कर्मचारीले धमाधम राजीनामा दिन थालेका हुन ।

अस्पतालका १९ स्थायी कर्मचारीमध्ये ९ जनाले राजीनामा दिएका छन् । सेवा प्रभावित हुने गरी लामो समय सम्म सम्पर्कमा आएका छैनन ।

अस्पतालले ३५ दिनभित्र उपस्थित भई मनासिब कारणसहित लिखित निवेदन दिई हजिर हुन सूचना जारी गरेकामा अस्पतालका स्टाफ नर्स इशा हितंगा, सुशीला शर्मा, उमा काफ्ले, टीका चापागाईं, मनु शर्मा र मीना भट्टराईले राजीनामा दिएको प्रशासन प्रमुख जीएन महतोले बताए ।

उनका अनुसार अस्पतालका सुरेन्द्र रेग्मी (ल्याब टेक्नोलोजिस्ट), दीपक गौतम (रेडियोलोजिकल टेक्नोलोजिस्ट) र विशाल केसी (वरिष्ठ रेडियो थेरापी टेक्नोलोजिस्ट) ले पनि राजीनामा दिएका छन् ।

उनीहरूको राजीनामा अस्पताल प्रशासनले स्वीकृत गरिसकेको छ । राजीनामा दिएकाले व्यक्तिगत कारण देखाएका छन् । केहीले अध्ययनका लागि बाहिर गएको खुलाएका छन् । स्टाफ नर्स विमला, सुशीला, टीका, र दीपा भने विदेशमा छन् । विदेश रहेकाले फ्याक्स र आफन्तमार्फत राजीनामा बुझाएको अस्पतालले जनायो ।

अस्पतालका कर्मचारी कृष्णदत्त भट्ट (रेडियोथेरापी टेक्नोलोजिस्ट), गोविन्द अकेला (मेडिकल ल्याब टेक्नोलोजिस्ट) नवीनलता खनाल (सहायक), सुशील बराल (कनिष्ठ सहायक) र उमेश ढुंगाना (मेडिकल ल्याब टेक्निसियन) बिनाजानकारी लामो समयदेखि आएका छैनन् ।

त्यस्तै स्टाफ नर्स विमला अधिकारी, संगम बस्नेत, निना भट्टराई, दीपा सुवेदी, लक्ष्मी श्रेष्ठ र वरिष्ठ स्टाफ नर्स गंगा अधिकारी बिदा नलिई अझै बाहिर बसेको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको सूचनाको अवधि सकिए पनि उनीहरू सम्पर्कमा छैनन् ।

प्रकाशित मिति: Mar 2, 2017

प्रतिक्रिया दिनुहोस्