Logo
२६ बैशाख २०८१, बुधबार
(March 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बसपार्कमा निर्माणधिन भ्युटावरमा गम्भिर चलखेल !

काठमाडौं, १९ फागुन । पुरानो बसपार्कमा काठमाडौं महानगरपालिकाले निर्माण थालेको निर्माणधिन भ्युटावरमा गम्भिर चलखेल भएको पाइएको छ ।

१२ तले सुविधासम्पन्न काठमाडौं भ्युटावर निर्माणमा स्थानीयको भावना नमेटि कानुनलाई समेत बेवास्ता गर्दै जबर्जस्ती टावर निर्माण थालिएको हो ।

त्यस्तै, भ्यूटावार निर्माणकै क्रममा आर्थिक चलखेल गरि टावरको टेन्डर प्रक्रिया अघि बढाइएको छ । उता प्रचलित ऐन–नियम मिच्दै टावर निर्माण जलेश्वर स्वच्छन्द बिकोई कम्पनीलाई दिएकोमा स्थानीयले असन्तुष्टी जनाएका छन् ।

व्यापक आर्थिक चलखेल गरी टावर निर्माण थालेपछि सरोकारवालालाई जानकारी गराउँदा कुनै कारबाही नभएपछि स्थानीयले संसदको लेखा समितिलाई ध्यानाकर्षण गराएका छन् । लेखा समितिमा बुझाइएको निवेदनमा महानगरले नक्सा स्वीकृतिमै अनियमितता गरेको स्थानीयकोद दावी छ ।

‘स्थानीयले नागरिक उड्डयन प्राधिकरणले तोकेको क्षेत्रमा ५–६ तलाको घर बनाउँदा, नक्सापास गर्दा प्राधिकरणसँग अनिवार्य स्वीकृति लिएको हुनुपर्छ,’ निवेदनमा उल्लेख छ, ‘महानगरले भने १२ तलाको भवन निर्माण गर्दा समेत प्राधिकरणसँग स्वीकृति लिएको छैन ।’ यसरी टावर निर्माणमा भएको चलखेलले स्थानीय झनै शसंकित बनेका छन् ।

प्रकाशित मिति: Mar 2, 2017

प्रतिक्रिया दिनुहोस्