Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

IGPप्रकरण: लिखित जवाफ पेस गर्न सरकारलाई आदेश

फाइल फोटो

काठमाडौं, फाल्गुन १८ । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे तीनदिनभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ ।  सरकारबाट लिखित जवाफ आएपछि पूर्ण सुनुवाईका लागि फाइल पेस गर्ने सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले बताए ।

यसअघिको अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै बुधबार सर्वोच्चका न्यायाधीशद्वय हरिकृष्ण कार्की र तेजबाहदुर केसीको संयुक्त इजलाशले लिखित जवाफ पेस गर्न सरकारलाई निर्देशन दिएको हो ।  आईजीपीमा जयबहादुर चन्दलाई नियुक्त गर्ने सरकारको निर्णयमा प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलाशले तत्काल निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी थियो ।

प्रहरी महानिरीक्षक प्रकरणमा अधिवक्ता कपिलदेव ढकाल र डीआईजी नवराज सिलवालले छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका थिए । वरीयताक्रममा पहिलो नम्बरमा रहेका नवराज सिलवाललाई पाखा लगाउँदै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा चन्दलाई आईजीपी बनाउने निर्णय गरेको भन्दै ढकालले रिट दायर गरेका थिए ।

प्रकाशित मिति: Mar 1, 2017

प्रतिक्रिया दिनुहोस्