Logo
७ बैशाख २०८१, शुक्रबार
(March 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले भने ‘अधिकारका लागि संविधानमा परिमार्जनको खाँचो छैन’

काठमाडौं, फागुन १८ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अधिकारका लागि संविधान परिमार्जनको खाँचो नरहेको बताएका छन् । बानेश्वर स्थित इन्द्रेणी फूडलायण्डमा आयोजित सम्पादकहरुसँगको छलफलमा ओलीले भने, अहिले उपलब्धीको रक्षा गर्दै, निर्वाचनको बाटोबाट संविधानले परिकल्पना गरेका संरचना तयार गर्दै अगाडि बढन जरुरी छ । लामो समयदेखि संघर्ष गरेर प्राप्त गरेका उपलब्धीहरुलाई संविधानद्धारा संस्थागत गरेका थियौँ । तर अधिकारहरु संविधानमा संस्थागत गरेपछि अव संविधान बन्न नदिने, जारी गर्न नदिनेहरु कार्यन्वयन हुन नदिनेपक्षमा लागेका छन् ।

उनले भने, भ्रम फैलाउनेले जनतामा असन्तुष्टी पैदा गर्ने काम गरेका छन् । अझै पनि गर्वका साथ उत्साहपूर्ण साथ यस्ता भ्रम राख्ने काम भएका छन् । हिजो पनि हामीले एउटा सम्बोधन हेर्यौँ, देशमा साम्रादायिकता चर्को आवाज कसले उठायो, जनताका बीचमा राष्ट्रिय एकता धुजा धुजा हुने गरी कसले साम्प्रदायिकता मच्चायो ? पार्टीले फुन २१ देखि शुरु गर्न लागेको मेची–महाकाली अभियानवारे बुधवार सम्पादहरुसँग अन्तक्रिया गरेका ओलीले हिजो संविधान जारी गर्न नदिनेहरु नै आज संविधान कार्यन्वयन गर्न नदिने खेलमा लागेको बताए ।

उनले भने, अधिकारहरु संविधानमा संस्थागत गरेपछि अव संविधान बन्न नदिने, जारी गर्न नदिनेहरु कार्यन्वयन हुन नदिनेपक्षमा लागेका छन् । गृहमन्त्री भनेको देशको हो । उनीबाट उत्तेजना फैलाउने काम भयो र त्यसको परिणामस्वरुप उच्छृंखल गतिविधि भयो भने गृहमन्त्री नै जिम्मेवार हुनुपर्छ । कब्जा गर्नें शैलीमा क्याबिनेट बसेको छ । त्यसले अनेक सरुवा बढुवा गरिएको छ । त्यसको बदला हामी लिन्छौं ।

प्रकाशित मिति: Mar 1, 2017

प्रतिक्रिया दिनुहोस्