Logo
८ बैशाख २०८१, शनिबार
(March 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुरक्षा थ्रेट बढ्दा चुनावी सुरक्षा नीति आएनन

–विजय दमासे (नेपाल), काठमाडौं, १८ फागुन । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेलगत्तै चुनावी सुरक्षाका विषयमा सुरक्षा निकायका उच्च अधिकारीहरुको बैठक नियमित जसो बसिरहेको छ ।

चुनावी सुरक्षामा पहाडमा विप्लव समूह र तराईम सिके राउत समूह मुख्य थ्रेट बनेको भन्दै अधिकारीहरुले सोही अनुसारको सुरक्षा रणनीति बनाउन सरकारलाई सुझाव दिने भएका हुन ।

उच्च सुरक्षा अधिकारीहरुको बैठकले तराईमा सिके राउत र पहाडमा विप्लव समूहलाई निष्तेज पार्न सरकार गम्भिर नभए चुनावी माहोल बिथोलिने भन्दै सरकारको ध्यानाकर्षण गराउने निष्कर्श निकालेको उच्च स्रोतकोले बतायो ।

पछिल्लो समय सुरक्षा अधिकारीहरुको बैठक बसेतापनि गृहमन्त्रीको पहलमा चुनावी सुरक्षा नीति भने सरकारले अझै ल्याउन सकेको छैन् । अहिलेसम्म सरकारले निर्वाचनकेन्द्रित सुरक्षा नीति ल्याउन नसक्नु गम्भिर कमजोरी भएको जानकारहरु बताउछन ।

म्यादी प्रहरी भर्ना, सुरक्षा संयन्त्र परिचालनका विषयमा सरकार गम्भिर हुनुपर्नेमा जानकारहरु बताउछन् । सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन निष्पक्ष, धाँधलीरहित र तटस्थ बनाउने जिम्मेवारी सरकारले लिनुपर्ने भएकाले सरकार गम्भिर हुनुपर्ने बेला आएको जानकारहरुको दावी छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग यतिबेला सेनासहितको सहभागितामा सुरक्षा रणनीतिमा जुटेको भएपनि सरकारले सुरक्षाको नीतिगत निर्णय र निर्देशन दिन चुक्न नहुने सुरक्षा अधिकारीहरुको भनाई छ ।

 

प्रकाशित मिति: Mar 1, 2017

प्रतिक्रिया दिनुहोस्