Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किम जोनको हत्यामा संलग्न दुई महिला सार्वजनिक

किम जोन नामको हत्यामा संलग्न भएको भन्दै मलेशियन सरकारले दुई महिला सार्वजनिक गरेको छ। हत्या आरोपमा इन्डोनेशियन र भियतनामी महिलालाई मलेशियाले सार्वजनिक गरेको हो। प्रहरीले भियतनामी २८ वर्षे डोन थि हुओङ र इन्डोनेशियन २५ वर्षे सिती असियाजलाई सार्वजनिक गरेको हो।

उनीहरुलाई हत्या सम्बन्धी संविधानमा व्यवस्था भए अनुसारको सजाय हुने मलेशियाले जनाएको छ। हत्याको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मलेशियन स्वाथ्यमन्त्रीले जनाए अनुसार केमिकल आक्रमण भएको १५ देखी २० मिनेटमा नै उनको मृत्यु भएको थियो।  एजेन्सी

प्रकाशित मिति: Feb 28, 2017

प्रतिक्रिया दिनुहोस्