Logo
७ बैशाख २०८१, शुक्रबार
(February 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिनावारी र गर्भवती हुँदा बताइने यी हुन ६ झुट कुरा

हरेक महिना महिनावारी हुनु प्राकृतिक प्रक्रिया हो । तर यसबारे थुप्रै समाजमा विभिन्न प्रकारको कल्पित कथा हुने गर्दछ । महिला रोग विशेषज्ञ डा. निरजा पौराणिकताले महिनावारीको यस्ता ६ कहानी र यसको सत्यताबारे बताएका छन् ।

१. यदि महिनावारी समयमा भएन भने ती महिला गर्भवती भएको बुझ्नुपर्छ ।

यसको वास्तविकताः

महिनावारी समयमा नहुने बित्तिकै महिला गर्भवती नै भइन् भन्नु ठिक होइन । महिनावारी समयमा नहुनुका कारण तनाव, खराब डाइट र हर्मोनमा परिवर्तन पनि हुनसक्छ ।

२. महिनावारीको क्रममा महिला अशुद्ध हुन्छन् ।

वास्तविकताः यस्तो केही पनि हुँदैन । यो एक प्राकृतिक क्रिया हो जसमा ‘अनफर्टिलाइज्ड एग’ शरिरबाट बाहिर निस्किएको हो ।

३. महिनावारी भएका बेला भान्छा र मन्दिर जानु हुँदैन ।

वास्तविकताः यसको सम्बन्ध असुद्धतासँग पटक्कै मिल्दैन । त्यसकारण मन्दिर र भान्छा अशुद्ध हुन्छ भन्नु एकदमै गलत हो ।

४. महिनावारी हुँदा तातो पानीले नुहाउनु हुँदैन ।

वास्तविकताः महिनावारी हुँदा तातो पानीले नुहाउनु अझै फाइदाजनक हुन्छ । यस्तो गर्दा मांसपेशी रिल्याक्स हुन्छ र ऐंठन र शरिर दुख्न कम हुन्छ ।

५. महिनावारी हुँदा व्यायाम गर्नुहुँदैन ।

वास्तविकताः यदि महिनावारी हुँदा धेरै पीडा हुँदैन भने व्यायाम गर्न सकिन्छ । यसो गर्दा मांसपेशीले पर्याप्त अक्सिजन पाउँछ र मांसपेशीमा दुखाई र ऐठनवजस्ता समस्या कम हुन्छ ।

६. महिनावारी हुँदा अचार छुँदा त्यो खराब हुन्छ ।

वास्तविकताः यस्तो केही हुँदैन । महिनावारी शरिरबाट पसिना निस्किएजस्तै एक प्राकृतिक प्रक्रिया हो । जसका कारण छोएको भरमा कुनै पनि कुरा खराब हुँदैन ।  एजेन्सी

प्रकाशित मिति: Feb 28, 2017

प्रतिक्रिया दिनुहोस्