Logo
२६ बैशाख २०८१, बुधबार
(February 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘संशोधन नभए चुनाव हुन पनि दिन्नौं’: मोर्चा

काठमाडौं १७, फागुन । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय चुनाव गरेर मात्र संविधान संशोधन गर्ने प्रधानमन्त्री प्रचण्डको प्रस्ताव अस्वीकार गरेको छ । मंगलबार मधेसी मोर्चाको बैठकले संविधान संशोधन नभएसम्म कुन पनि चुनावमा भाग नलिने निर्णय गरेको छ ।

मोर्चाले यसबारे भोलि आधिकारिक रुपमा प्रधानमन्त्रीलाई संविधान संशोधन बिना कुनै पनि निर्वाचनमा भाग नलिने र हुन पनि नदिने निर्णय सुनाउने भएको छ ।

मोर्चाले संविधान संशोधनको पक्षमा दुई तिहाई पुर्याउन पहल गर्ने समेत निर्णय गरेको छ । सत्तारुढ माओवादी र कांग्रेसका नेताहरुले राप्रपा र फोरम लोकतान्त्रिकसँग छलफल गरेपछि संशोधनको पक्षमा माहौल जुटाउन मधेसी मोर्चापनि सक्रिय हुने निर्णय भएको छ ।

मंगलबार बिहान भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले समय लिएर भएपनि संशोधन पास नै गराउनु पर्ने भन्दै स्थानीय चुनावमा आउन आहृवान गरेका थिए । तर, स्थानीय चुनावपछि मात्र संविधान संशोधन गर्ने प्रधानमन्त्री दाहालको प्रस्तावलाई मोर्चाले सीधै अस्वीकार गरेको छ ।

प्रकाशित मिति: Feb 28, 2017

प्रतिक्रिया दिनुहोस्