Logo
१५ बैशाख २०८१, शनिबार
(February 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पछि हट्यो त्रिवि: फागुन १८ मा हुनुपर्ने स्ववियु निर्वाचन अवरुद्ध

काठमाडौं, फागुन १६   । विद्यार्थी संगठनकै कारण मुलुकका मुख्य-मुख्य क्याम्पपसहरुमै फागुन १८ मा हुनुपर्ने स्ववियु निर्वाचन अवरुद्ध हुने भएको छ ।  स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन कार्यतालिका अनुसार सोमबार (आज) बिहानसम्म मनोनयन दर्ता नभएका ती क्याम्पसमा फागुन १८ निर्वाचन नहुने भएको हो ।

विवादकै कारण पटक पटक सर्दै आएको स्ववियु चुनाव फागुन १८ मा गर्ने विद्यार्थी संगठन र त्रिविको सहमति विपरित विभिन्न विद्यार्थी संगठनहरुले क्याम्पसहरुमा तालाबन्दी, आगजनी र तोडफोड गरेपछि निर्वाचन नहुने भएको हो । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिकी संयोजक सुधा त्रिपाठीले मनोनय दर्ता नभएका क्याम्पसमा फागुन १८ गते निर्वाचन गर्न नसकिने प्रतिकृया दिइन् । उनका अनुसार स्ववियु चुनाव गर्ने दायित्व त्रिविको मात्र नभएर विद्यार्थी संगठनको पनि भएको बताईन् ।

त्रिपाठीका अनुसार सोमबार देशभरका ६१ आंगिक क्याम्पसमध्ये झण्डै आधा क्याम्पसमा मात्र उम्मेदवारी दर्ता गरिएको छ । त्यसो त त्रिविले हिजो आइतबार मात्रै सवै क्याम्पसहरुमा सर्कुलर पठाएर फागुन १८ गते नै स्ववियु चुनाव गर्ने जनाएको थियो । तर, त्रिविको सर्कुलर विद्यार्थी संगठनहरुले नै नमानेपछि सोमबार साढे दश बजेसम्म उपत्यकाका मुख्य क्याम्पसहरु पाटन संयुक्त क्याम्पस सरस्वती बहुमुखी क्याम्पस, इजिन्यिरिङ पुल्चोक क्याम्पस, पशुपति, रत्नराज्यलक्ष्मी, शंकरदेव, त्रिवि केन्द्रीय क्याम्पस लगायतका क्याम्पसमा लगाइएको ताला खोल्न प्रहरी र क्याम्पस प्रशासन असफल रह्यो । देशभरका २५० भन्दा बढी क्याम्पसमा निर्वाचन प्रक्रिया अघि बढे पनि अधिकांश क्याम्पसमा विवाद यथावत् छ ।

प्रकाशित मिति: Feb 27, 2017

प्रतिक्रिया दिनुहोस्