Logo
१३ बैशाख २०८१, बिहीबार
(February 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अप्रेशन राजनीति: भित्र भित्रै प्रचण्ड ओली गठबन्धन

काठमाडौं, १५ फागुन । संविधान संशोधन प्रस्तावलाई सहजै रुपमा एमालेले छलफल गर्न दिएको छ। यसको पछाडिको प्रमुख कारण हो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीविचको गोप्य सहमती । नयाँ सहमति अनुसार नेपाली कांग्रेसलाई पन्छाउने नै उच्च स्रोतले भन्यो ।

यी दुई कम्यूनिष्ट नेताले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको निवासमा गोप्य सहमति गरेको कुरा समेत बाहिर आयो तर कांग्रेसमा मै हु भन्नेहरुले आंकलन समेत गर्न सकेका छैनन् । शभापति देउवा प्रधानमन्त्रीकै ललिपपमा रहेका छन् ।

संशोधन प्रस्ताव कुनै पनि हालतमा छलफल गर्न नदिने एमालेले चेतावनी दिएको थियो, तर संशोधन प्रस्तावमाथिको छलफल सुरु भएको छ। एमालेले त्यसमा कुनै विरोध जनाएको छैन। यसको पनि रहस्य त्यही हो।

हुन त एमालेभित्रै पनि संशोधनलाई लिएर चर्को विवाद छ। एमालेका मधेशी सांसदहरुले कुनैपनि हालतमा संशोधन प्रस्ताव पारित गर्नुपर्छ भनेर लविंङ थालेका छन् भने शीर्ष नेताहरुले संशोधन प्रस्ताव राष्ट्रको हितमा नभएकोले पारित गर्न दिनुहुँदैन भनेका छन्।

प्रस्ताव पारित गराउनको लागि प्रधानमन्त्री दाहालले सरकारको तेस्रो ठूलो घटक राप्रपालाई विश्वासमा लिनको लागि अध्यक्ष कमल थापालाई उचालिरहेको छ । दाहालले मात्रै नभएर एमाले अध्यक्ष ओलीलेपनि कमल थापालाई आफ्नो पक्षमा उभिन आग्रह गरे ।

महाधिवेशनमा खलेरै प्रशंसा समेत गरे । थापा पनि यथास्थितिमा संशोधन प्रस्ताव कुनैपनि हालतमा पारित गर्न नहुने र आफ्नो पार्टीले प्रस्तावकको विपक्षमा मतदान गर्ने स्पष्ट पारिसकेका छन्।

ओलीले उक्त संशोधन प्रस्ताव असफल बनाउनको लागि थापालाई प्रयोग गर्न लागिपरेका छन्।

राप्रपा एकता महाधिवेशनपछि अध्यक्ष थापाले भने संशोधन प्रस्तावको बारेमा के गर्ने भन्ने कुरा अहिलेसम्म खुलेको छैन् । उनले अब के गर्ने हुन भन्ने कुरा स्पष्ट भैसकेको छैन्।

प्रकाशित मिति: Feb 26, 2017

प्रतिक्रिया दिनुहोस्