मधेशी-मधेशीमै भिडन्तः गौर तनावग्रस्त (फोटोफिचर)
रौतहट, फागुन १५ । ‘यो पार्टी त्यो पार्टी’का नाममा आज रौतहट सदरमुकाम गौर तनावग्रस्त बनेको छ । मधेशी दल सम्वद्ध कार्यकर्ताहरुले मधेश बिरोधी भन्दै एमाले नेता माधव नेपालको औपचारिक कार्यक्रममा अवरोद्ध पुराएपछि गौर तनावग्रस्त बनेको हो ।
नेता नेपालको नेतृत्वमा पार्टी प्रवेश भन्दै ओपचारिक कार्यक्रकको आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय अगाडी बयारेक फिल्डमा आयोजना गरिएको कार्यक्रम बिरुद्ध मधेशी मोर्चाका नेता कार्यकर्ताहरु प्रदर्शनमा उत्रेका छन ।
कार्यक्रममा माधव कुमार नेपाललाई मुख्य अथिति बनाइएको छ । मोर्चाको बिरोधपछि भारी मात्रामा प्रहरीपनि तैनाथ गरिएको छ ।
मोर्चा कार्यकर्ता र प्रहरी बिच बेला बेलामा झडप समेत हुनेगरेको छ ।
झडपमा परी मधेशी मोर्चाका कयौं नेता कार्यकर्ता घाइते भएको बताइएको छ । सोही झडपको क्रममा पत्रकार प्रभात कुमार झालाई समेत प्रहरीले लाठी प्रहार गरेको छ ।