Logo
६ बैशाख २०८१, बिहीबार
(February 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवाले भने- एमालेले सामाजिक सदभाव विगार्यो

झापा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एमालेले सामाजिक सदभाव विगारेको आरोप लगाएका छन् । एमालेले मधेसीको अस्तित्व अस्वीकार गरेको देउवाको आरोप छ ।

सभापति देउवाले बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाच जुनसुकै हालतमा भएरै छाड्ने दाबीसमेत गरे । चुनाब हुन्छ कि हुँदैन भनेर कसैलाई शंका नगर्न उनले आग्रहसमेत गरे ।

‘मधेसी र पहोडे दुबै नेपाली नागरिक हुन्, सीमानामा बसेर सीमाको सुरक्षा गर्ने मधेसी समुदायलाई शंका गर्नु हुँदैन,’ नेपाली कांग्रेस झापाले बिर्तामोडमा गरेको कार्यक्रममा देउवाले भने-‘एमाले मधेसीलाई अनावश्यक रुपमा शंका गरेर सामाजिक सदभाव भड्काउन उद्धत छ ।’

‘संविधानको पूर्णकार्यान्वयन गर्न चुनाव अपरिहार्य छ,’ कार्यकर्तालाई निर्देशन दिँदै देउवाले भने– ‘चुनाव हुन्छ कि हुँदैन भनेर शंका नगर्नुहोस्, चुनावको होमिनुहोस् ।’

प्रकाशित मिति: Feb 26, 2017

प्रतिक्रिया दिनुहोस्