Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तोकिएकै मितिमा स्ववियु चुनाव गर्न त्रिविको परिपत्र

काठमाडौ, फागुन १५ । विभिन्न विद्यार्थी संगठनको विरोधका बाबजुद पनि फागुन १८ गतेका लागि निर्धारित स्ववियु चुनाव स्थगित नहुने भएको छ ।

त्रिविले यसअघि विभिन्न अवरोध भई तालिका अनुसार काम नभएका क्याम्पसहरुमा पनि फागुन १८ मै निर्वाचन सम्पन्न गर्नेगरी तालिका मिलाई अघि बढ्न सवै क्याम्पसहरुलाई परिपत्र जारी गरेको छ ।

स्ववियु चुनावका लागि फागुन १४ गते सवै क्याम्पसहरुमा हुनुपर्ने उमेद्वारी दर्ता विद्यार्थी संगठनको अवरोधका कारण हुन नसकेपछि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समन्वय समिति त्रिवि किर्तिपुरले आइतबार एक विज्ञप्ति जारी गर्दै स्ववियु चुनाव तोकिएकै मितिमा सम्पन्न गर्न सवै क्याम्पसहरुलाई परिपत्र जारी गरेको छ ।

त्रिविले तालिका अनुसार फागुन १४ र १५ काचुनावसम्बन्धि सवै कार्यक्रमहरु १५ र १६ गते विहान साढे दश बजेसम्म सम्पन्न गर्ने र फागुन १८ गते नै चुनाव गर्न निर्देशन दिएको छ ।

त्यस्तै सुरुदेखि नै अवरुद्ध भएका क्याम्पसहरुमा १८ गते चुनाव गर्नेगरी काम गर्न पनि त्रिविले निर्देशन दिएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समन्वय समिति त्रिवि किर्तिपुरका सदस्यसचिव गंगाबहादुर मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ताला फोडेर स्ववियु चुनावको उम्मेदवारी दर्ता गर्न त्रिवि र विद्यार्थी संगठन सहमत

यता, नेविसंघ सहितका विद्यार्थीहरुले स्ववियु चुनावको पूर्वसन्ध्यामा अधिकांश क्याम्पसमा लगाएको ताला फोडेर उम्मेदवारी मनोनयन खुला गर्ने सहमति त्रिभुवन विश्वविद्यालय र विद्यार्थी संगठनहरुबीच भएको छ । तालिका अनुसार फागुन १४ र १५ गतेका सबै कार्यक्रमहरु १५ र १६ गते विहान साँढे १० बजेसम्म सम्पन्न गर्न त्रिविले सबै क्याम्पसलाई परिपत्र गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले फागुन १८ मै स्ववियु निर्वाचन गर्ने गरी क्याम्पस निर्वाचन समितिले तालिका मिलाई निर्वाचन सम्पन्न गराउन निर्देशन दिएको छ । त्रिवि स्व्वियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव गंगावहादुर मगरका अनुसार उम्मेदवारी मनोनयन सोमब्ार विहानसम्म हुनेछ ।

शुरुदेखि नै अवरुद्ध भएका क्याम्पसमा भने सबै तालिका मिलाएर नयाँ निर्वाचन कार्यक्रम तय गर्नुपर्नेछ । उम्मेदवारी मनोनयनका दिन राजधानीका अधिकांश क्याम्पसमा नेपाल विद्यार्थी संघका विद्यार्थीले तालाबन्दी गरेपछि चुनाव प्रभावित भएको छ । त्यस्तै राजधानी बाहिरका पनि धेरै क्याम्पसमा नेविसंघले एकैपटक चुनाव हुनुपर्ने भन्दै ताला लगाएको थियो ।

त्रिवि पदाधिकारी र अन्य संगठनसँगको छलफलपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले आइतवारै अधिकांश क्यापम्सको ताला खोलेर उम्मेदवारी मनोनयन हुने बताए । उनले भने, ‘आजै साँझ ७ बजेसम्म उम्मेदवारी मनोनयन हुन्छ, अब सबै क्याम्पसका ताला खुल्छन्,नेविसंघले ताला लगाएको होइन, तालाबन्दीमा संगठनको संस्थागत संलग्नता छैन ।’

नेविसंघका अध्यक्ष नैनसिंह महर र महासचिव कुन्दन काफ्ले समूहले अलगअलग उम्मेदवारी प्यानल खडा गर्न लागेपछि आन्तरिक विवादका कारण तालाबन्दी गरिएको थियो । नेविसंघका विद्यार्थीले प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा शनिवार साँझ आगजनी गरेका थिए । अनेरास्ववियुकी अध्यक्ष नविना लामाले क्याम्पस प्रशासनले ताला फोडेर भने पनि उम्मेदवारी मनोनयन गर्ने र फागुन १८ मै स्ववियु निर्वाचन गर्ने सहमति भएको बताइन् । नेविसंघको आन्तरिक विवादका कारण चुनाव प्रभावित हुन नहुने लामाको भनाइ छ ।

प्रकाशित मिति: Feb 26, 2017

प्रतिक्रिया दिनुहोस्