Logo
१३ बैशाख २०८१, बिहीबार
(February 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धर्ना र नारा-जुलुस सहितको अन्तराष्ट्रिय विमानस्थलमा आन्दोलन

काठमाडौं ।  धर्ना नारा जुलुस सहितको त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा आन्दोलन सुरु भएको छ ।  ट्याक्सी सेवा दिदै आइरहेको विमानस्थल हवाई यातायात यात्रु लिमिटेड विरुद शेयर सदस्य ट्याक्सी चालक मजदुरहरु आन्दोलनमा उत्रीएका छन् । उनीहरुले शुक्रबार दिनभरीजसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रर्दशन गरे ।

झण्डा र प्लेकार्ड सहित विमानस्थलमा भेला भएका ट्याक्सी चालकहरुले नारावाजी गरेका थिए । आफूहरुले शान्तिपूर्णरुपमा र सौहार्दपूर्ण आन्दोलन गरिरहेको तर सुनुवाई नभए आफुहरु कडा प्रतिबादमा उत्रिने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पर्यटन ईकाई सल्लाहकार अनमोल तामाङ्गले बताए ।

लिमिटेडले शेयर सदस्य चालकहरुबाट संकलन गरेको शुल्क पारदर्शी बनाउनु पर्ने, शेयर सदस्यहरुलाई प्रमाणपत्र दिनु पर्ने, मजदुर कोटामा आएका ट्याक्सीहरु कसलाई दिईएको हो ? पारदर्शी गरिनु पर्ने लगायतका माग राखेका छन् । यसैगरी व्यवस्थापन समितिमा मजदुरहरुको प्रतिनिधिलाई समावेश गराईनु पर्ने आवाज उठाउदा शेयर सदस्य धनवहादुर मगरमाथी आक्रमण गरेको जनाउदै शुक्रबार प्रदर्शन गरेका हुन् ।

लिमिटेडले आर्थिक पारदर्शी गर्नु पर्ने माग राख्दै आन्दोलन गरिरहेका वेला लेवी नवुझाएको भन्दै फागुन सात गतेदेखि ट्याक्सीको पालो रोक्का गर्दै गुण्डा परिचालन गरी सदस्यहरुलाई धाक धम्की दिदै धनवहादुर मगरमाथी आक्रमण गरेकाले आफुहरु आन्दोलनमा उत्रीएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पर्यटन ईकाई कमिटी अध्यक्ष बीलवहादुर कार्कीले बताए ।

शान्तिपूर्वक कुरा गर्दा गुन्डा परिचालन गरेर मजदुरलाई कुटेको कार्कीको भनाई छ । ‘लिमिटेडले हामी जस्ता सोझा शेयर सदस्यहरुको रकम अनियमितता गरेको छ मजदुरको कोटामा आएका ट्याक्सीहरु मजदुरका नेता, विमानस्थल प्रशासनका कर्मचारी लगायतलाई वितरण गरेको छ,’ उनले भने, ‘शेयर सदस्य प्रमाण पत्र दिएको छैन त्यसका विषयमा कुरा गर्न जांदा गुण्डा परिचालन गरि हप्कीदप्की, कुटपिट गर्ने काम गरेको छ त्यसको अन्त्यका लागि हामी स्वरोजगार मजदुरहरु आन्दोलनमा उत्रीएका हौं ।’

सुनुवाई नभए अदालतसम्म पुग्ने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती अध्यक्ष नबराज घिमिरेले जानकारी गराए । विमान यात्रुलाई सेवा दिन दर्ता रहेको र विमानस्थल प्रशासन संग सम्झौता गरेको लिमिटेडले सम्झौता अनुसार सेवा दिनसकिरहेकोछैन लिमिटेड आफै दादागिरीमा उत्रीने गरेको उनको दाबी छ । ‘हामीले विमानस्थल प्रशासन, सुरक्षा निकायलाई पटक पटक जानकारी गराएका छौैं’ उनले भने, ‘यदि माग पुरा नभएर कडा आन्दोलनमा जान्छौं ।’

त्यसको हाल २ सय ८ वटा प्रीपेड ट्याक्सी सञ्चालन गर्दै आएको हरियो नम्बर प्लेटको पर्यटन ट्याक्सीमा ३२ वटा ट्याक्सी मजदुरहरुको नामको कोटा भएपनि गैर मजदुरहरुले पाएको मजदुरहरुको गुनासोे छ । आन्दोलन आफुहरुको रोजीरोटीको विषयसंग जोडिएकाले स्वरोजगार मजदुरहरुको माग पुरा नभएसम्म आन्दोलन निरन्तर रहने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पर्यटन ईकाई सचिव सागर लामाले बताए ।

विमानस्थलमा कुटिएका मजदुर धनवहादुर मगर

प्रकाशित मिति: Feb 25, 2017

प्रतिक्रिया दिनुहोस्