Logo
१३ बैशाख २०८१, बिहीबार
(February 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी युवती जो अत्यधिक राम्री भएर नै जागिरबाट निकालियो

एजेन्सी, ‘ब्यूटी विथ ब्रेन’ यो एउटा भनाई मात्र नभई एक जीवित उदाहरण पनि हुनसक्छ । सुन्दर शरिर, सुगठित शरिर भएका प्रत्येक मानिस मनोरञ्जनकै क्षेत्रमा लाग्नुपर्छ भन्ने छैन । ती व्यक्तिको इच्छा अर्कै कुनै क्षेत्रमा हुनसक्छ । एम्मा हल्स, एक २४ वर्षीया युवती अत्यधिक सुन्दर भएका कारण उनको जागिर खोसिएको । यो कुनै बनावटी नभई वास्तविकता हो ।

एक भारतीय स्रोतका अनुसार उनी एक ‘फ्रिलान्स टेलिभिजन वर्कर (स्वतन्त्र टेलिभिजन कामदार)’ थिइन् । सधैंजसो उनी एक दिन साढे ९ बजे आफ्नो अफिस पुगिन् । आफ्नो ८ घण्टे ड्युटीमा १० मिनेटमात्र बिताएपछि उनले एक मेसेज प्राप्त गरिन् । उक्त मेसेज उनलाई काम मिलाइदिने साथीको थियो । उनले एम्मालाई उक्त कामका लागि उनी आवश्यक नभएको बताए । उनी निकै चकित परिन् र यसबारे म्यानेजरसँग कुरा गर्न सोच बनाइन् ।

म्यानेजरसँग यसबारे कुरा गर्दा उनले एम्मालाई मोडलसँग तुलना गरेर मोडलिङ क्षेत्रमा प्रवेश गर्न सुझाए । ‘तिमी मोडल हौ ? तिमीले किन क्याटवक गरिरहेकी छैनौ ? तिमी मनोरञ्जनको क्षेत्रमा किन लागिरहेका छैनौ ?,’ उनले बारम्बार प्रश्न तेर्साए । पछि उनका म्यानेजरले उनलाई घर पठाउनु पहिले उनको नम्बर लिए र कफीको लागि आग्रह गरे ।

उनका अनुसार उनले काममा जाँदा निकै सभ्य पहिरन लगाउने गरेको बताइन् । ‘मैले लिपस्टिक लगाउँथे तर मेरो नजरमा यसो गर्नु काममा कुनै बाधा निम्त्याउनु होइन । मैले सर्ट र ट्राउजर लगाउने गर्दछ । मलाई लाग्दैन कि म कामको लागि उचित छैन,’ उनले भनिन् ।

यद्यपी, जो म्यानेजरले उनलाई जागिरबाट निकालिदिए उनलाई त्यहि कम्पनीले निकालिदिएको छ । उनीबारे समाचार भाइरल भएपछि कम्पनीले ती म्यानेजरलाई निकाल्न बाध्य भएको बताइएको छ । कम्पनीका अनुसार ती म्यानेजरले यस्तो गरेको यो पहिलो घटना होइन, निकै वर्षदेखि उनले राम्री युवतीलाई कामबाट निकालिदिने गर्दथे ।

प्रकाशित मिति: Feb 24, 2017

प्रतिक्रिया दिनुहोस्