Logo
७ बैशाख २०८१, शुक्रबार
(February 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बहस: रञ्जित रे को नेपाल बसाईँ सफल कि असफल ?

काठमाडौ, १३ फागुन । नेपालका लागि भारतीय राजदूत रञ्जित रायले जागिरबाट अवकाश लिइसकेका छन् । तैपनि उनी नेपालमै बसिरहेका छन ।

उनी अहिले नेपालका विभिन्न जिल्ला पुगेर विदाई कार्यक्रममा व्यस्त छन् । भैरहवा, नेपालगञ्ज, वीरगञ्ज र काठमाडौका केही ठाउ“मा भएका कार्यक्रममा उनको विदाई गरिएको छ ।

यसैबिच, राजदूत रायलाई शनिबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले काठमाडौंको पाँच तारे होटेलमा ककटेल डिनर (रक्सी पार्टी) सहितको अभिनन्दन गर्दैछ । मधेसी मोर्चाको ब्यानरमा सहसचिवस्तरको कर्मचारीलाई अभिनन्दन गर्न लागेकोमा मधेसी मोर्चाका नेताहरू विभाजित भएका छन् ।

मोर्चाका केही शीर्ष र दोस्रो तहका नेताहरूले राजदूत रायलाई कुनै पनि हालतमा लाखौँ रुपियां खर्च गरेर रक्सीसहितको पार्टी राखेर अभिनन्दन गर्न नहुने धारणा राखेको उच्च स्रोतले जनाएको छ । रक्सीसहितको डिनर पार्टी एवम् अभिनन्दन कार्यक्रममा झण्डै दश लाख खर्च हुने अनुमान मधेसी मोर्चाको छ ।

स्रोतका अनुसार मधेसी मोर्चाको ब्यानरमा शनिबार बेलुका छ बजे काठमाडौंको लाजिम्पाटस्थित -याडिसन होटेलमा राजदूत रायलाई भव्य रुपमा अभिनन्दन तथा विदाइ कार्यक्रम गरिनेछ । राजदूत रायको अभिनन्दन कार्यक्रमलाई लिएर -याडिसन होटलमा शनिबार विशेष सुरक्षा बनाइने मोर्चाका एक नेताले जानकारी दिए ।

साढे तीन वर्षको आङ्खनो कार्यकाल सकेका राजदूत रायले अनिवार्य अवकास पाएका हुन । आज साझाको कार्यक्रममा, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रभावशाली सीमित मन्त्रीहरू, कांग्रेस सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, विमलेन्द्र निधि, रामचन्द्र पौडेल, बाबुराम भट्टराई, कमल थापा, पशुपति शम्शेर राणा, लोकेन्द्रबहादुर चन्द, कृष्णप्रसाद सिटौला, बामदेव गौतमलगायतलाई बोलाइएको छ ।

त्यसैगरी, ककटेल डिनरसहितको कार्यक्रममा उच्च सरकारी अधिकारी, पत्रकार, मधेसी मोर्चाका दोस्रो तहका नेताहरू, भारतीय दूतावासभित्रका अधिकांश कर्मचारी, व्यापारी आदिलाई बोलाइएको समाचार स्रोत बताउ“छ । फेव्रअरी २८ तारिखबाट जागिरबाट अवकाश प्राप्त गर्ने राय एकमहिना अघिबाटै विदा भने बसिसकेका छन् तर हाल उनी नेपालमै घुमफिरमा व्यस्त छन् ।

त्यसको कारण हो, ‘उनी पुनः केहि समयका लागि नेपालमै राजदूत भएर बस्न चाहान्छन् ।’ भारतीय सरकारले अवकाश प्राप्त रन्जित रायलाई नै केही समयका लागि राजदूतकै रुपमा नेपाल राख्ने तयारी गरिरहेकाले पनि रायको काठमाण्डौ बसाइ लम्बिएको हो ।

नेपालस्थित भारतीय दूतावास स्रोतका अनुसार नेपालमा संविधान संशोधन, चुनावलगायतका विषयमा बहस जारी छ, र वर्तमान नेपालको अवस्थाबारे राय जानकार छन् ।

त्यसैकारण उनलाई नेपालमा चुनाव सम्पन्न नहुन्जेलसम्म राख्ने तयारी भइरहेको छ । भारतीय सरकारले रञ्जित रायको ठाउँमा नेपालका लागि अर्का राजदूतको व्यवस्था गरिसके पनि नेपालस्थित भारतीय दूतावासलाई त्यसका अधिकारिक जानकारी पठाएको छैन ।

जबकि राजदूत सरुवा हुनुभन्दा पहिले त्यसको ठाउँमा आउने व्यक्तिबारे जानकारी गराइन्छ । दूतावास स्रोतले भन्यो, ‘भारतीय विदेश मन्त्रालयमा नेपालका लागि डिएस त्रिमूर्तिको फाइल तयार भइसकेको छ, तर नेपाल पठाइएको छैन ।’

त्रिमूर्ति हाल मलेसियाका राजदूत हुन् । उनी साउथ इण्डियन भएका कारणले नेपालको पोल्टिक्सबारे धेरै त्यति धेरै जानकार छैनन् । त्यही भएर नेपालको वर्तमान तरल अवस्थामा नयाँ राजदूत आउँदा समस्या हुने भएकाले केही समयका लागि रञ्जित रायलाई नै राख्ने छलफल भइरहेको बताइएको छ ।

रे नेपालका लागि भारतीय राजदूत बनेर आएपछि उनी सुरुदेखिनै नेपाली राजनीतिलाई धमिलो पार्नेमा संलग्न भएको भन्ने आरोप लाग्यो । उनी सुरुदेखिनै आफ्नो छविलाई स्वच्छ राख्न सकेनन् । भारतले लगाएको नाकाबन्दीका बेला उनी निकैनै आलोचित बनेका थिए ।

प्रकाशित मिति: Feb 24, 2017

प्रतिक्रिया दिनुहोस्