Logo
७ बैशाख २०८१, शुक्रबार
(February 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेको मौनतावीच संविधान संशोधन विधेयक संसदमा प्रस्तुत

काठमाडौं, १२ फागुन । प्रदेशको सिमांकन हेरफेर सहितका विषय समेटिएको संविधान संशोधन प्रस्ताव बिहीबारको संसद पेश भएको छ । व्यवस्थापिका संसदको बिहीकारको कार्यसूचिमा संविधान संशोधन छैठौं नम्बरमा थियो ।

सो कार्यसूचिअनुसार कानुनमन्त्री अजयशंकर नायकले संसद बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् । ‘संविधान संशोधन मधेस र मधेसी जनताविरुद्ध छ। पाँच नम्बर प्रदेश हेरफेरले सो प्रदेश अझ कमजोर हुनेछ। यो मधेसी जनताको माग होइन’, उनले भने ।

संसदमा संविधान संशोधन प्रस्ताव पेश हुँदा एमालेले विरोध गरेन। यसअघि एमालेले छलफलमा भाग नलिने, मौन रुपमा प्रक्रियामा उपस्थित हुने निर्णय गरेको थियो। नेमकिपाले भने संशोधन विधेयकविरुद्ध उभिने निर्णय गरेको छ।

बिहीबार संसदमा बोल्दै एमाले संसदीय दलकाउ उपनेता सुभाषचन्द्र नेम्वाङले प्रतिपक्षी दलहरुले संविधान संशोधन हुन नदिने बताए। ‘संविधान संशोधन प्रस्ताव अघि बढाउने किसिमको छैन। हामी त्यसलाई पारित हुन दिँदैनौं’, उनले भने ।

निर्वाचन घोषणाको स्वागत गर्दै उनले प्रश्न गरे, ‘संविधानअनुसार २०७४ माघसम्म तीन निर्वाचन गरिसक्नुपर्छ। निर्वाचन घोषणा गरिसकेको सन्दर्भमा संविधान संशोधन प्रस्ताव किन ल्याउनु पर्‍यो ?’

संविधान संशोधन विधेयक मधेस र मधेसी जनताविरुद्ध रहेको उनले बताए। ‘संविधान संशोधन मधेस र मधेसी जनताविरुद्ध छ। पाँच नम्बर प्रदेश हेरफेरले सो प्रदेश अझ कमजोर हुनेछ । यो मधेसी जनताको माग होइन’, उनले भने ।

प्रकाशित मिति: Feb 23, 2017

प्रतिक्रिया दिनुहोस्