Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आयल निगमको चलखेलमा संसदीय समिति जाग्यो

काठमाडौं, १२ फागुन । आयल निगमको चलखेलमा संसदीय समिति जागेको छ । निगमले खाना पकाउने ग्यास उद्योग खोल्न धमाधम गौरकानुनी रुपमा स्वीकृति दिएको भन्दै संसदीय समितिले रोक लगाएको हो ।

संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले थप उद्योग आवश्यक भए/नभएको अध्ययन नगरी निगमले स्वीकृति दिएको भन्दै तत्काल बन्द गर्न निर्देशन दिएको बताइएको छ ।

‘एलपी ग्यास उद्योगीलाई व्यवस्थित गर्न दुई वा दुईभन्दा बढी उद्योगहरू मर्ज हुन चाहेमा मर्ज हुन सक्ने कानुनी व्यवस्था गर्दै क्षेत्रगत माग र आवश्यकताको पहिचान नहुँदासम्म थप एलपी ग्यास उद्योग स्थापनाको स्वीकृति नदिने निर्देशन दिन्छु,’ समिति सभापति भीष्मराज आङदाम्बेले भने ।

स्रोतका अनुसार आयल निगमका अधिकारीहरुले ठूलो चलखेल गरी केही समय अघिबाट नयाँ ग्यास उद्योग खोल्न स्वीकृत दिइरहेका छन् ।

प्रकाशित मिति: Feb 23, 2017

प्रतिक्रिया दिनुहोस्