Logo
११ बैशाख २०८१, मंगलबार
(February 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले गुटबन्दी: ओली एक्लिदै, खनाल र नेपाल जुट्दै

काठमाडौं, ११ फागुन । संविधान संशोधन प्रस्तावलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र यतिवेला चर्को मतभेद बढेको छ।सरकारले सोमबार स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै मुलुकको राजनीति फेरि नयाँ शिराबाट अगाडि बढेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफल र सहमतिमै गत सोमबमार स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेका हुन्।

ओलीसँगको गोप्य सहमतिकै आधारमा प्रधानमन्त्री दाहालले निर्वाचनको मिति घोषणा गरेपछि एमालेले यसको खुलेरै प्रशंसा गर्यो र निर्वाचनको लागि स्वागत समेत गरेको छ। तर आन्दोलनतर मधेशी मोर्चा भने सरकारको यो निर्णयसँग झनै असन्तुष्ट र आक्रमक बनेको बेला एमालेका दुई हस्ती माधव नेपाल र झलनाथ खनाल ओली समुहको विपक्षमा खडा भएका छन् । ओली एक्लिदै,नेपाल र खनाल जुट्दै गरेको खबरले एमालेको राजनीति नेतृत्व वृत निकै तातिएको छ ।

मोर्चाले त सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै आन्दोलनका कार्यक्रमहरु समेत अघि सारिसकेको छ। उसले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म कुनैपनि निर्वाचन हुनै नदिने र, जबरजस्ती गरिए आफूहरुले सशक्त प्रतिकार गर्ने चेतावनी दिएको छ। मुलुकलाई निर्वाचनको माहोलमा कसरी डोर्याउने ? र मधेशी मोर्चाको माँगलाई संविधान संशोधनमार्फत सम्बोधन गर्न दलहरुवीच सहमति कायम गर्ने उद्देश्यले हिजो मंगलबार प्रधानमन्त्री दाहालले सर्वदलीय बैठक समेत डाकेका थिए।

सर्वदलीय बैठकमा मोर्चा उपस्थिति भएन्। तर प्रमुख प्रतिपक्षी दल संविधान संशोधन प्रस्तावलाई सदनमा छलफल गर्न दिनेमा लचिलो बनेको छ। एमाले अध्यक्ष ओली प्रस्तावबारे छलफल गर्न दिनेमा निकै लचिलो बनेका छन्। उनले प्रस्ताव पारित नहुने भएकोले यसबारेमा छलफल अघि बढाउँदा आफ्नो पार्टीले कुनैपनि किसिमको अवरोध नगर्ने संकेत हिजोको बैठकमा गरेका छन्। तर एमाले शीर्ष नेताद्धय झलनाथ खनाल र माधव कुमार नेपाल भने यथास्थितिमा संविधान संशोधन प्रस्तावबारे सदनमा छलफल गर्नै हुँदैन भन्ने पक्षमा उभिएका छन्।

आज नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा एमाले बरिष्ठ नेता खनालले अहिले संविधान संशोधन प्रस्ताव सदनमा छलफल हुनै नसक्ने र आफ्नो पार्टीले छलफल गर्न नदिने जिकिर गरेका छन्। उनले संविधान कार्यान्वयनको लागि निर्वाचन हुनु आवश्यक भएकोले अहिले निर्वाचनको मिति घोषणा हुन सकारात्मक भएको भन्दै प्रशंसा गरे। उनले भने,“हामी संविधान संशोधन आवश्यक नै छैन भन्ने पार्टी हौं, र आज पनि त्यही ढंगको हाम्रो भूमिका हुन्छ, निर्वाह गर्छौं।”

एमालेका शीर्ष नेताहरु त संविधान संशोधन प्रस्तावलाई सदनमा प्रक्रियामा लैजान दिने भन्न थाल्नुभएको छ, तर तपाई चाहीँ किन यसरी विरोध गरिरहनुभएको छ भन्ने प्रश्नमा उनले भने,“अहिले म ईलाममा छु, निर्वाचनको मिति घोषणा भएकोमा जनताहरु खुशी छन्, उनीहरु काठमाडौंमा चार जनामा मात्रै सिमित लोकतन्त्र अब गाउँमा झरेको छ भनेर दिपावाली मनाईरहेका छन्, यस्तो बेलामा संविधान संशोधनको बखेडा झिकेर फेरि मुलुकलाई द्धन्द्धमा धकेल्न काम कसैलेपनि गर्नुहुँदैन्।”

संविधान संशोधन नभईकन निर्वाचनमा गए मुलुकमा अलि अलि द्धन्द्ध हुन सक्ने उनको तर्क थियो। खनालले भने,“अलि अलि द्धन्द्ध हुन्छ, चुनावको लागि दलहरुवीच प्रतिष्पर्धा हुन्छ, संविधान संशोधनविना म चुनाव नै गर्न दिन्न भन्ने पार्टीहरु समाप्त हुँदै जान्छन्।” संशोधन नभईकन चुनाव हुन दिन्नु भनेको मेरो गोरुको बाह्रै टक्का भन्ने नीति भएकोले अब उक्त नीति नेपालमा लागु नहुने समेत उनले ठोकुवा गरे।

उनले निर्वाचनको विरोधमा तराई मधेशमा चार जनाले पुल्ठा बाँधेर सडकमा टायर बालेर केही हुनेवाला नभएको समेत जिकिर गरे। उनले भने,“सडकमा चार जनाले टायर बाल्दैमा अब देश आतंकित हुँदैन्, तराई मधेशका जनतापनि आतंकित हुँदैनन्,, अब निर्वाचनको विकल्प छैन्।” मधेशका जनता चुनावको पक्षमा रहेको कुरामा कुनै दुई मत नभएको समेत खनालले स्पष्ट पारे।

संविधान बनाईसकेपछि पहिला कार्यान्वयन गर्ने कुरा प्रधान कुरा भएकोले कार्यान्वयनमै नगईकन संशोधनको बखेडा झिक्नु गलत भएको उनको टिप्पणी थियो। उनले अघि भने,“ निर्वाचनपछि प्रतिनिधि सभा बन्छ, यो रुपान्तरित संसदलाई संविधान संशोधन गर्ने कुनै अधिकार छैन, हालाकि कुनै संविधानले यो कुरा रोकेको नहोला, तर नैतिक रुपमा सोच्नुपर्छ।”

उनले पहिलो संविधान संशोधन पनि गर्न हुँदैन्थ्यो भन्दै गल्ती भएको स्विकार गरे। खनालले भने,“उनीहरु कहीँ मिलिहाल्छन् कि भनेर हामीले त्यो काम गर्यौं, हाम्रा साथीहरु, नेताहरुपनि झुक्किए। अब फेरि अर्को झुक्यान हुनै सक्दैन्।”

प्रकाशित मिति: Feb 22, 2017

प्रतिक्रिया दिनुहोस्