Logo
८ बैशाख २०८१, शनिबार
(February 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ शक्तिद्वारा सर्वपक्षीय सरकारको माग

काठमाडौं, ११ फागुन   । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराईले निर्वाचनका लागि संविधान संशोधन र सर्वपक्षीय सरकार आवश्यक भएको बताएका छन् ।

डा.भट्टराईले आफ्नो पार्टी संविधान कार्यान्यका लागि समयभित्रै तीन ओटै तहको निर्वाचन गर्न प्रतिबद्ध भएको उल्लेख गरेका छन्। ‘त्यसका लागि सर्वपक्षीय सरकार अनिवार्य छ’, विज्ञप्तिमा भनिएको छ। बुधबार बसेको पार्टीको बैठकपछि एक बक्तव्य जारी गर्दै संयोजक डा.भट्टराईले आफ्नो पार्टी संविधान कार्यान्यका लागि समयभित्रै तीन ओटै तहको निर्वाचन गर्न प्रतिबद्ध भएको उल्लेख गरेका छन्। ‘त्यसका लागि सर्वपक्षीय सरकार अनिवार्य छ’, विज्ञप्तिमा भनिएको छ।

सबैलाई सहमतिमा नलिई दलीय आग्रहका आधारमा निर्वाचन घोषणा गरेको भन्दै उनले संविधान संशोधन गरी सर्वपक्षीय सरकार बनाए मात्र निर्वाचन सफल रुपमा गर्न सकिने उल्लेख गरेका छन्। असन्तुष्ट पक्षहरुको माग सम्बोन गर्दै संविधान संशोधन गर्नु पर्ने, प्रदेशको सीमाङ्कन र स्थानीय तहको पुनर्संरचना विवाद अन्त्य गरिनु पर्ने, स्वच्छ र निष्पक्ष सर्वपक्षीय सरकार गठन गरिनु पर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरिनुपर्ने माग गरिएको छ।

यसैगरी निर्वाचन खर्च निश्चित मापदण्डका आधारमा राज्यकोषबाट व्यहोर्ने व्यवस्था गर्नुपर्ने, समय तथा खर्च बचतका लागि संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकै पटक गर्नु पर्ने आफ्नो पार्टीका मुख्य धारणा रहेको डा. भट्टराइले उल्लेख गरेका छन्।

प्रकाशित मिति: Feb 22, 2017

प्रतिक्रिया दिनुहोस्