Logo
१३ बैशाख २०८१, बिहीबार
(February 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्दोलकारीबाट चौतारी र सेन्टर आवद्ध दुई पत्रकार कुटिए

जनकपुर, ११ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आहवान गरेको बन्दका क्रममा जनकपुरमा २ जना पत्रकार कुटिएका छन ।
एमाले नेता रघुविर महासेठको घर घेराउको क्रममा प्रहरी र प्रदशनकारी बिच तछाडमछाड भइरहदा त्यहाँ पुगेका एमाले भतृसंगठन प्रेस चौतारी आवद्ध नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय कोषाध्यक्ष शितल साह र पत्रकार सुरेश यादवलाई हातपात भएको हो । पत्रकार यादव माओवादीको प्रेस सेन्टरमा आवद्ध छन ।

साहको टाउकोमा चोट लागेको छ र, जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै एमाले कार्यकर्ताले पनि मधेशी दलका कार्यकर्तामाथी हातपात गरेका छन । एमाले कार्यकताको कुटाईबाट दुईजना आन्दोलनकारी घाइते भएका छन् । उनीहरुको पनि अञ्चल अस्पतालमै उपचार भइरहेको छ ।

स्थानीय तह चुनाव घोषणाविरुद्ध मधेस बन्द आहृवान गरेको मधेसी मोर्चाका कार्यकर्ताले ब्रहृमपुरी क्षेत्रमा मोटरसाइकल र्‍याली निकाल्न खोजेका थिए, जहाँ एमाले नेता रघुवीर महासेठको घर छ र, एमाले उपाध्यक्ष बामदेव गौतम त्यही बसेका थिए । जसका कारण उक्त क्षेत्र तनावग्रस्त छ ।

प्रकाशित मिति: Feb 22, 2017

प्रतिक्रिया दिनुहोस्