Logo
१५ चैत्र २०८०, बिहीबार
(February 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइजीपी नियुक्ति विवादको सुनुवाइ आज हुँदै

काठमाडौं, ११ फागुन । सर्बोच्च अदालतसम्म पुगेको नेपाल प्रहरी आइजीपी नियुक्तिको विवादबारे आज सुनुवाइ हुँदैछ ।

डिआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने मन्त्रिपरिषदको निर्णयसँगै सर्बोच्च अदालतले यथास्थितिमा राख्न दिएको अन्तरिम आदेशको सुनुवाइ आज हुन लागेको हो ।

सरकारले तेस्रो बरियताका डिआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय गरेपछि अधिवक्ता कपिलदेव ढकालले सर्बोच्चमा रिट दायर गरेका थिए ।

त्यसपछि पहिलो बरियताका डिआइजी नवराज सिलवालले पनि आफू आइजीपी हुन किन नसक्ने भन्दै अर्को रिट दायर गरेका थिए ।

प्रधान न्यायाधीश सुशीला कार्कीको एकल इजलासमा यस मुद्दाको सुनुवाइ हुनेछ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रकाशित मिति: Feb 22, 2017

प्रतिक्रिया दिनुहोस्