Logo
४ बैशाख २०८१, मंगलबार
(February 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद बैठक स्थगित, अर्को बैठक बुधवार

काठमाडौ, फागुन १० । मंगलबारका लागि बोलाइएको व्यवस्थापिका संसदको बैठक सूचना टाँसेर स्थगित भएको छ । संविधान संशोधनको विषयमा सत्तारुढ र प्रमुख प्रतिपक्ष एमालेबीच कुरा मिलेको छैन ।

सहमतिको प्रयास खोज्न प्रधानमन्त्री प्रचण्डले आजै संसद भवनभित्र सर्वदलीय बैठक आह्वान गरेका छन् ।

संसद बैठकअघि दलहरुवीच भएको अनौपचारिक कुराकानीमा मंगलबारको संसद बैठकमा संविधान संशोधन विधेयक पेश गर्ने कि नगर्ने भन्नेमा सहमति नभएपछि संसद बैठक बुधबारसम्मलाई सुचना टाँसेर स्थगित गरिएको हो ।

 

प्रकाशित मिति: Feb 21, 2017

प्रतिक्रिया दिनुहोस्