प्रहरी संगठनमा गुन्डा प्रवेश !
काठमाडौं, १० फागुन । दुई गुन्डाका कारण प्रहरीमा कलह मच्चिएको छ भने एक डिएसपी प्रतिशोधस्वरुप कारबाहीमा परेका छन् । काभ्रेली समूहका अराजक गुन्डा दावा लामा र राजधानीमा रात्री व्यवसायबाट रातारात करोडपति बनेका राम गिरीका कारण काठमाडौं प्रहरीबीच कलह मच्चिएको हो ।
काठमाडौका प्रहरी इन्चार्ज एसएसपी छविलाल जोशी लामाको पक्षमा र अन्य प्रहरी अधिकृत गिरीको पक्षमा लागेपछि गुन्डाकै कारण प्रहरीभित्र विवाद बढेको हो । गिरीमाथि आक्रमण गरेको अभियोगमा लामा हाल महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा छन् । गत माघ २८ गते बेलुका दरबारमार्गको बेजाभु नामक डिस्कोमा लामाको समूहले गिरी र उनका बाउन्सरलाई कुटेका थिए ।
डिस्कोमा निुशल्क शेयर माग्दै उनीहरुले गिरीमाथि कुटपिट गरेको स्रोत बताउँछ । गिरी बेजाभुका संचालक हुन् । जहाा २० करोडभन्दा धेरै लगानी गरिएको छ । क्रिकेटर पृथु बाँस्कोटादेखि केही बहालवाला प्रहरीलाई समेत पार्टनर बनाएर गिरीले उक्त डिस्को खोलेका हुन् ।
शुक्रबार राति आक्रमणकै योजनासहित काभ्रेली समूह त्यहाँ पुगेको थियो । सिक्किमबाट काठमाडौं आएको केही दिनमै लामाले उक्त बितण्डा मच्चाएका हुन् । गिरीले तत्कालै प्रहरीलाई बोलाएर लामाई पक्राउ गराए । भोलिपल्ट शनिबार थियो । त्यही दिन लामालाई छुटाउन ठूलै चलखेल भयो ।
काभ्रेका ठकेदारदेखि कांग्रेस नेतासम्मले गृहमन्त्रीमार्फत एसएसपी छविलाल जोशीलाई दबाब र प्रलोभन दिए । प्रलोभन र दबाब दुवै आएपछि जोशी उनलाई छाड्ने निर्णयमा पुगिसकेका थिए । तर, गिरीले पनि त्यो कुरा चाल पाएर मुद्दा चलाउन दबाब दिए । धेरै प्रहरी अधिकारीसाग उनको राम्रो हिमचिम थियो ।
त्यसपछि आइतबार सार्वजनिक अपराध मुद्दामा म्याद थप भयो । त्यसपछि काभ्रेली समूहले नयाा तरिका अपनायो । गिरीलाई पनि मुद्दामा फसाउने । गिरी पनि विभिन्न लफडामा जोडिएका व्यक्ति हुन् । २ वर्षअघि ठमेलका घरबेटीलाई नै आक्रमण गरेको घटनामा दरबारमार्गमै उनी थुनिएका थिए ।
हतियार केसमा पनि उनको नाम जोडिएको छ । तिनै केसहरुको आधारमा उनलाई पनि पक्राउ गर्न लगाउने योजना बन्यो । सोहीअनुसार एसएसपी कार्कीले गिरीलाई पक्राउ गर्न दरबारमार्ग वृत्तका डिएसपी कृष्ण बहादुर पल्ली मगरलाई निर्देशन दिए । जो पीडित त उसैलाई पक्राउ गर्न डिएसपी मगरले चासो दिएनन्, खबर दृष्टिले जनाएको छ ।
त्यहीबीचमा गिरी पनि अस्पतालबाटै भूमिगत भए । सोही रिसमा एसएसपी जोशीले डिएसपी मगरलाई कारबाही स्वरुप सचेत गराएका छन् । दावालाई सहयोग नगरेको र गिरीको पक्ष लिएकोमा त्यसरी प्रतिशोधस्वरुप डिएसपीलाई सचेत गराइएको परिसरका एक अधिकारी बताउछन् ।
स्रोतका अनुसार उक्त विषयमा परिसरभित्रै पनि विवाद छ । एसएसपीले खुखार गुन्डाको पक्ष लिएपछि परिसरका अन्य अधिकृतहरु उनको कार्यशैलीबाट रुष्ट भएका छन् । पैसा कमाउनका लागि आफ्ना अधिकृत भन्दा दलालहरुको सल्लाहका उनले काम गर्न थालेको आरोप लाग्न थालेको छ ।