Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विपी राजमार्गको भविष्य संकटमा, यातायात अवरुद्ध

काठमाडौं, फागुन ९ । आइतबार राति ११ बजे विपी राजमार्ग सडकखण्डअन्तर्गत सिन्धुलीको शीतलपाटीमा राजमार्ग सुनकोसी नदीमा खस्दा त्यहाँको यातायात अवरुद्ध भएको छ ।   भूकम्पको कारण चर्किएको जमिन र कमजोर जगका कारण सडक भत्किएको सरकारी अधिकारीहरुले बताएका छन् ।

प्राविधिक अध्ययनले सिफारिस गरेको मापदण्ड विपरीत गाडीहरुको आवातजावत बढेपछि सडक भासिएको प्राविधिकहरुले दाबी गरेका छन् । जापान सरकारको सहयोगमा निर्माण गरिएको यो सडक जाइकाले बनाएको थियो । निर्माण प्रविधि मजबुत भए पनि भूकम्पको कारण जग खलबलिँदा भासिएको हुनसक्ने सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले जानकारी दिए ।

राजमार्ग निर्माण भएर सरकारलाई हस्तान्तरण हुँदै गर्दा गरिएको एक प्राविधिक अध्ययनले खुर्कोट–सिन्धुलीगढी सडकमा १० टन भन्दा धेरै लोडका सवारी चलाउन नहुने यदि त्यसरी चलाए सडकले भारबाहन गर्न नसक्ने बताएको थियो ।  चट्टान कटान नगरी बनाइएको उक्त सडकमा धेरै मोड भएकोले राजमार्गका विभिन्न खण्ड गरी ४५ किलोमिटरमा १० टनभन्दा बढी भार भएका सवारी चलाउन नहुने उक्त अध्ययनको निष्कर्ष थियो ।

काठमाडौंलाई तराईका जिल्लासँग जोड्ने बैकल्पीक राजमार्गको रूपमा निर्माण १६० किलोमिटर लामो राजमार्ग जापानिज निर्माण कम्पनीले नै निर्माण गरेको थियो ।  विभागले भने हालसम्म उक्त राजमार्गमा सिफारिस अनुसार कुनै पनि ठूला साधनलाई रूटपरमिट नदिएको बताएको छ ।

प्रकाशित मिति: Feb 20, 2017

प्रतिक्रिया दिनुहोस्