विप्लव नेतृत्वको पार्टीको नाम परिवर्तन
काठमाडौं । नेत्रविक्रम चन्द विप्लवले आफ्नो नेतृत्वको पार्टीको नाम परिवर्तन गरेका छन् । पार्टीको आठौं महाधिवेशनमा विप्लवले पेश गरेको राजनीतिक प्रतिवेदन पारित भएपछि नाम परिवर्तन भएको हो ।
नयाँ पार्टीको नाम नेकपा मात्र रहेको छ । अर्थात, नेपाल कम्युनिष्ट पार्टी । फागुन १ गते काठमाडौंमा उद्घाटन भएको सो पार्टीको महाधिवेशनको बन्दसत्र ५ गतेबाट रोल्पाको थवाङमा भएको छ ।