Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनसीसी बैंक काण्ड : अधिकांस व्यवस्थापन प्रमुख घोटालामा संलग्न !


न्यूज अप्रेशन अर्थ व्यूरो, काठमाण्डौ, ९ फागुन । केही समयअघि मात्र चार वटा बिकास बैंकहरुलाई गाभेर एकीकृत कारोवार सुरु गरेको नेपाल क्रेडिट एण्ड कर्मस बैंकको अवस्था निकै नै दयनीय देखिएको छ ।

बैंकमा हाल रहेका व्यवस्थापन प्रमुुखहरु बिभिन्न समयमा बैकिङ घोटाला प्रकरणमा मुछिएका व्यक्तिहरु भएको, बैकको बित्तीय प्रणालीलाई चुुस्त दुरुस्त बनाउनमा गैरजिम्वेवारपुर्ण ढंगलबाट प्रस्तुत हुन थालेपछि बैकका सर्वसाधारणको अर्बोंं रुपैयाँ निक्षेप डुब्न सक्ने खतरा बढेको छ ।

बैकका प्रमुुख कार्यकारी अधिकृत रमेश राज अर्याल एनबी समुहका लक्ष्मी बहादुर श्रेष्ठ, जीत बहादुर श्रेष्ठ सहितका व्यक्तिहरुको स्वार्थ अनुुरुप काम गर्ने व्यक्ति भएको, बैंकका डिजिएम रेवन्त कुमार दाहाल बिगतमा टुरिज्म डेभलमेन्ट बैक भित्रको पाँच करोड रुपैयाँ बराबरको गुडफर पेमेन्ट काण्डमा मुछिएका व्यक्ति भएको, बैकका सञ्चालक बिष्णु प्रसाद धिताल तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका कमसल धितोमा करोडौं रुपैयाँ कर्जा प्रवाह गरेको भएपनि राजनीतिक आवरणमा हालसम्म सुरक्षित रहेकाछन् ।

यस्तै खराव आचरण भएका व्यवस्थापनको झुण्ड समुहले गर्दा नै एनसीसी बैंकको बित्तीय अवस्था डामाडोल बन्न पुगेको छ ।

एनसीसीले यसअघि ईन्टरनेशनल डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक र सुप्रिम डेभ्लपमेन्ट बैंक समेतलाई आफुमा गाभेर एकीकृत कारोवार सुरु गरेको थियो ।

गाभ्ने प्रकृयामा पनि सेयरको स्वा्प रेसियो कायम गर्ने बिषयमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला जो बिगतमा एनसीसी बैकका व्यवस्थापन समुहको संयोजक समेत रहेका थिए उनको समेत स्वार्थ अनुरुप करोडौ रुपैयाँ खाने काम भएको सेयरधनीहरुले आरोप लगाउँदै आएकाछन । यसको नकारात्मक असर अहिले बैंकमा देखिने क्रम सुरु भएको छ ।

बैकले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिसम्ममा सात करोड रुपैयाँमात्र खुद मुनाफा कमाएको छ ।

यसगरी बैंकमा खराव कर्जाको अनुपात दुुई सय १० प्रतिसत भन्दा बढीले बृद्धि भएको छ । बैैकले संभावित जोखिम व्यवस्थापन शिर्षकमा मात्र ६५ करोड रुपैयाँ छुट्याएको छ ।

खराव कर्जा उच्चरुपमा बढ्नु, प्रोभिजन बढ्नु नाफा घट्नु भनेको बैकको निकै कमजोर हुनु हो, सेयरधनी श्रोतले भनेको छ ।

मर्जरमा जाँदा राष्ट्र बैंकका कार्यकारी निर्देशक निरौला र बैंकका सिईओ अर्याल नै मिलेमतोमा डिडिए रिर्पोटमा नै ठुलो परिमाणमा खराव कर्जा लुकाईएको थियो । यस्तो खराव कर्जा सबैभन्दा बढी एपेक्स डेभलपमेन्ट बैंकका रहेको थियो ।

यहीकारण पनि अहिले बैंकको बित्तीय अवस्था निकै कमजोर बनेको हो, सेयरधनी श्रोतले भनेको छ । यो अवस्थामा हालको सञ्चालक तथा व्यवस्थापन समुह पनि बैकलाई राम्रो बनाउने भन्दा पनि कसरी आफ्नो स्वार्थ अनुरुप फाईदा लिने भन्ने पक्षमा रहेको देखिन्छ, श्रोतले भनेको छ ।

प्रकाशित मिति: Feb 20, 2017

प्रतिक्रिया दिनुहोस्