Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 19, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिति घोषणा गरे प्रतिवाद गर्ने मोर्चाको चेतावनी

फाइल तस्बिर।
काठमाडौं । निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मधेसी मोर्चाका नेताहरुले सरकारले जस्तो व्यवहार गर्‍यो त्यस्तै उत्तर दिने चेतावनी दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको छलफलमा मोर्चाका नेताहरुले संविधान संशोधन विना निर्वाचनमा गए आफुहरु त्यसको प्रतिवादमा उत्रने चेतावनी दिए।

बैठकमा प्रधानमन्त्रीले मोर्चालाई निर्वाचनको मिति घोषणा सँगै संशोधन प्रस्तावलाई अघि बढाउने आश्वासन दिँदै निर्वाचनमा सहयोग गर्न आग्रह गरेका थिए। मोर्चाले भने संशोधन प्रस्ताव टुंगो लगाएर मात्रै निर्वाचनमा जानु पर्ने दोहोर्‍याएको थियो।

प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस सहित मधेसी मोर्चाका शीर्ष नेतासँग आइतबार साँझ निर्वाचनको मिति घोषणाबारे छलफल गरेका थिए।

बैठकमा मोर्चाका नेताहरुले सरकारले जस्तो व्यवहार गर्छ आफुहरुले उस्तै ब्यवहार गर्ने बताएका थिए। ‘सरकारले जस्तो ब्यवहार गर्छ हामी पनि त्यस्तै ब्यवहार गर्छौ’ महतोले भने, ‘राम्रो गरे राम्रो हुन्छ नराम्रो गरे नराम्रो हुन्छ।’
‘प्रधानमन्त्रीले संविधान संशोधन गर्छु पनि भन्नु भयो तर त्यो पनि भएको छैन’, मोर्चाका नेता राजेन्द्र महतोले भने, ‘जनसंख्याको आधारमा गाउँपालिका मिलाउँछु पनि भन्नु भयो त्यो पनि भएको छैन हामी कसरी विश्वास गरौं।’

बैठकमा मोर्चाका नेताहरुले सरकारले जस्तो व्यवहार गर्छ आफुहरुले उस्तै ब्यवहार गर्ने बताएका थिए। ‘सरकारले जस्तो ब्यवहार गर्छ हामी पनि त्यस्तै ब्यवहार गर्छौ’ महतोले भने, ‘राम्रो गरे राम्रो हुन्छ नराम्रो गरे नराम्रो हुन्छ।’

मोर्चा सरकारको निर्णयको प्रतिक्षामा रहेको महतोले बताए। सरकारको निर्णय अनुसार अघि बढ्ने तयारीमा मोर्चा रहेको उनले बताए।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, मधेसी मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ लगायत सहभागी थिए।

प्रधानमन्त्री निवास जानु अघि दिउँसो मोर्चाका नेताहरुको बैठक बसेको थियो। तमलोपा पार्टी कार्यालयमा बसेको बैठकले पनि संविधान संशोधन पछि मात्रै निर्वाचनमा जाने निर्णय गरेको थियो।

मोर्चाको बैठकमा प्रधानमन्त्रीले चुनावको मिति घोषणा गरेमा सरकारसँगको सम्वन्ध विच्छेद गर्ने र आन्दोलनका कार्यक्रम घोषणा गर्नु पर्ने कुरा उठेको थियो।

आइतबार विहान मात्रै प्रधानमन्त्रीले सत्ता साझेदा नेपाली कांग्रेससँग निवर्वाचनको तयारीको बारेमा छलफल गरेका थिए। बिहानको बैठकमा कांग्रेस र माओवादी निर्वाचनको मिति घोषणा गर्न सहमत भएका थिए।

प्रकाशित मिति: Feb 19, 2017

प्रतिक्रिया दिनुहोस्