Logo
१३ बैशाख २०८१, बिहीबार
(February 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुुुुसहरहरु आन्दोलितः सादियौ देखिको तोड्यो मौनता !

काठमाण्डौं । देशभरीका हजारौ मुसहरहरु प्रदर्शन गर्दै १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत सम्माननीय प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । पुस्तौदेखि चरम गरिबी, जग्गाविहिनतामा रहेका नेपाल भरिका मुसहर समुदायले भोग चलन गर्दै आएको जग्गाको लालपुर्जा प्राप्तिकोलागि जग्गा आन्दोलन शुरु गरेका हुन ।

भोर नेपालका अध्यक्ष तथा मुसहर अधिकार अभियन्ता राजकुमार महतोका अनुसार ६ लाख भन्दा बढी जनसंख्या रहेको र नेपालमा पुस्तौदेखि बस्दै आएको मुसहर समुदायको ९५ प्रतिशत मुसहरहरु जग्गा विहिन भई आफनै देशमा अनागरिक सरह चरम गरिबीमा बाच्न बाध्य छन् ।

महतोका अनुसार विभिन्न पक्षहरुको जालझेल, षडयन्त्र, अन्याय, त्रास र वेवास्ताका कारण उनीहरु आफनै ठाउमा पटक पटक विस्थापित भई वर्षौ देखि झुप्रो बनाएर बसेको घरको पनि लालपुर्जा विहिन अवस्थामा छन् ।

प्रकाशित मिति: Feb 19, 2017

प्रतिक्रिया दिनुहोस्