Logo
४ बैशाख २०८१, मंगलबार
(February 19, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्सेमा पहिलो दिन नै उत्साह, नेप्से सुचक तथा कारोवार रकम दुुबै बढ्यो – तालिकासहित

काठमाडौं, ८ फागुुन । साताको पलिलो कारोवार दिन आज आईतबार नै नेप्सेमा उत्साह थपिएको छ । सुरुवाती दिनमा नै नेप्से सुचक तथा कारोवार रकम दुुबै बढेको छ । आज नेप्से २५ दसमलव पाँच अंकले बढेर १३ सय ६९ दसमलव ३५ अंकमा कायम रहेको छ ।

नेप्से सेन्सिटिभ पनि पाँच दसमलव ६४ अंकले बढेर दुुई सय ९८ दसमलव १६ अंंकमा कायम रहेको छ । एक सय ४४ कम्पनीहरुको छ हजार आठ सय २१ वटा कारोवारमा २० लाख ७७ हजार पाँच सय ५६ कित्ता सेयर खरिद बिक्री भएकोमा कारोवार रकम ६६ करोड ६५ लाख ८७ हजार ६२ रुपैयाँ पुुगेको छ ।

आज सबैगरी आठ वटा समुहको कारोवा भएकोमा दुुई वटा समुहको कारोवार घटेर बाँकी समुहको कारोवार बढेको छ । उच्च अंकले बढेको बीमा समुहको सुचक दुुई सय ९५ दसमलव ९७ अंकले बढेर छ हजार एक सय पाँच दसमलव ८३ अंकमा कायम रहेकोमा २२ करोड २० लाख दुुई हजार रुपैयाँको कारोवार भएको छ ।

बिकास बैंक समुहको २९ दसमलव ६९ अंकले बढेर १४ सय ६१ दसमलव १५ अंकमा कायम रहेकोमा छ करोड ८२ लाख ७४ हजार चार सय रुपैयाँको कारोवार भएको छ । बाँणिज्य बैंक समुहो सुचक १४ दसमलव १९ अंकले बढेर १३ सय छ दसमलव ७७ अंकमा कायम रहेकोमा २७ करोड ९४ लाख ४८ हजार रुपैयाँको कारोवार भएको छ ।

यसैगरी अन्य समुहको सुचक २४ दसमलव ५८ अंंकले बढेर सात सय नौ दसमलव ४५ अंंकमा कायम रहेकोमा एक करोड ४६ लाख ७५ हजार नौ सय रुपैयाँको कारोवार भएको छ ।

जलबिद्युुत र फाईनान्स समुहको सुचक पनि आज उच्च अंकले बढेको छ । होटल र उत्पादनमुुलक समुहको सुचकमा भने आज क्रमश १९ दसमलव २२ र तीन दसमलव ४९ अंकले गिरावट आएको छ ।

आज बढी कमाउने कम्पनीको सुचीमा राष्ट्रिय बीमा कम्पनी परेको छ भने गुुमाउने कम्पनीको सुचीमा दिव्येश्वरी हाईड्रो पावर कम्पनी परेको छ । रकम कारोवारका आधारमा भने आज बैक अफ काठमाडौ लुम्बिनी अग्रस्थानमा परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम  कारोवार भएको मुल्य बढेको मुल्य
राष्ट्रिय बीमा कम्पनी      १३४२० १०
एनबी इन्स्योरेन्स कम्पनी ९९२   ९.९८
वोमी माईक्रो फाईनान्स   १०००    ९.९७
४  नेपाल इन्स्योरेन्स कम्पनी     ७९८ ९.९२
नेशनल माईक्रो फाईनान्स   ५६७   ९.८८

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम  कारोवार भएको मुल्य घटेको मुल्य
१  दिव्येश्वरी हाईड्रो पावर कम्पनी     २३० ९.८०
गुुडविल फाईनान्स      २३३  ६.८
मिर्मिरे माईक्रो फाईनान्स    १५६९   ५.१४
जेविल्स फाईनान्स      १९२ ४.९५
नेपाल लाईफ इन्स्योरेन्स (संस्थापक)     १६९५ ३.९१

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको रकम अन्तिम मुल्य
१  बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेड    ३१५४५००१ ५४८
नेपाल लाईफ इन्स्योरेन्स कम्पनी    ३१२६६३५० २३४९
 प्रभुु बैंक       २५७८५९६४ ३१५
४  शिखर इन्स्योरेन्स कम्पनी     २०६००१६८ १९०४
सानिमा बैंक     १८६४३८०८   ४७८

प्रकाशित मिति: Feb 19, 2017

प्रतिक्रिया दिनुहोस्