Logo
८ बैशाख २०८१, शनिबार
(February 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युनियनसँग सहमति: पत्रकार महासंघमा ताला खुल्यो

काठमाडौँ, ६ फागुन – नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी खुलेको छ । महासङ्घ र प्रेस युनियन नेतृत्वबीच आज दुईबुँदे सहमति भएपछि तालाबन्दी खोलिएको हो ।  महासङ्घ नेतृत्वले नयाँ सदस्यता वितरणमा एकलौटी गरेको भन्दै युनियनले यही फागुन २ गते तालाबन्दी गरेको थियो ।

सहमति पत्रमा युनियनले सरोकार राखेका विषयलाई सम्बोधन गर्दै महासङ्घले आजै विज्ञप्ति जारी गर्ने र युनियनले महासङ्घको केन्द्रीय कार्यालयमा लगाएको ताला तत्काल खोल्ने उल्लेख छ । ताला खोलेपछि महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले युनियनले सरोकार राखेका विषयलाई महासङ्घले बुझेको बताउँदै महासङ्घ सबैको साझा संस्था भएकोमा जोड दिनुभयो ।

युनियनका अध्यक्ष बद्री सिग्देलले महासङ्घले आफ्नो साझा चरित्र बचाएर अघि बढ्नुपर्ने बताउँदै वास्तविक पत्रकारलाई मात्र महासङ्घको सदस्यता वितरण गर्नुपर्ने सुझाव दिनुभयो । महासङ्घले विधि, प्रक्रिया र अभ्यासलाई लत्याएर दल विशेषका कार्यकर्तालाई सदस्यता दिने र नवीकरण गर्ने गरेको कामप्रति अवगत गराउँदा पनि त्यसलाई बेवास्ता गरेका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको युनियनले जनाएको थियो । रासस

प्रकाशित मिति: Feb 17, 2017

प्रतिक्रिया दिनुहोस्