Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लौ पढ्नुस: ‘विग मार्ट’ को ठगी धन्दा !

काठमाडौं, ६ माघ । काठमाडौं बसुन्धराका सुमन श्रेष्ठले विग मार्टबाट किनेको ब्राउन सुगर घर लगेर पखाल्दा पूरै सेतो भएछ । प्रति किलो २२० रुपैयाँमा किनेर लगेको ब्राउन चिनीमा शंका लागेर उनले पानीले पखाल्दा सामान्य चिनी भएको पुष्टि भयो । सामान्य चिनीलाई भेलीमा घोलेर ब्राउन सुगर बनाएको खुलासा समेत भयो ।

ती उपभोक्ता चिनी बोकेर विग मार्टमा पुग्दा विग मार्टले आपूmले अन्य सप्लायरबाट समान लिने गरेको भन्दै पन्छिएको उनले बताएका छन् । सामानको क्षतिपूर्ति माग्दा समेत विगमार्टले वास्ता नगरेको श्रेष्ठले बताएका छन् । त्यत्ति मात्रै होइन, उक्त चिनी सप्लार्यस को हो भन्ने कही कतै उल्लेख समेत नरहेको र एउटा ईमेल एड्रेस मात्रै उल्लेख भएको पाइएको छ ।

उपत्यकामा केही समय यता निकै विस्तार भईरहेको विग मार्ट नामक ग्रोसरीको यो मात्रै ठगीको धन्दा नभएको नेपालीपत्रले फेला पारेको छ । विग मार्टले जस्तासुकै, बेनामी समेत, सप्लायर्सबाट सामान लिने तर ती सामानको गुणस्तर नजाँच्ने गरेको समेत खुलासा भएको छ ।

त्यस्तै मिति बारम्बार फेरेर सामान राख्ने गरेको विगमार्टमा कार्यरत कर्मचारीबाट समेत थाहा भएको छ । सामान विक्री गरेर सप्लायर्सलाई पैसा बुझाउने भएकाले जस्तासुकै सामान लिने र मूल्य बढाएर बेच्ने काम मात्रै विग मार्टले गर्दै आएको पाइएको छ ।

पछिल्लो समय विगमार्टमा सामान सप्लाई गर्नेहरुको बाढी समेत लाग्ने गरेको छ । एक जना यस्तै सप्लायर्सले दुई बर्ष पुरानो गुन्द्रुक र कोदोको पिठो समेत विग मार्टमा लगेर राख्न सफल भएको बताएका छन् । विग मार्ट मात्रै होइन, राजधानीमा पछिल्लो समय नानाभाँतीका यस्ता मार्टहरु खुल्न थालेका छन् । तर यिनीहरुमा पनि सामानको गुणस्तरको अवस्था भने विग मार्टकै जस्तो रहेको बताइन्छ । खबर नेपालीपत्रमा छ ।

प्रकाशित मिति: Feb 17, 2017

प्रतिक्रिया दिनुहोस्