Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोडल देखि निर्देशनमा जम्दै दुर्गा बिरही

काठमाण्डौ । बागलुङ जिल्लाको दमेक गा. बि. स. वडा न.८  नेपाने भाडदादा भन्ने ठाँउमा जन्मनु भएका  दुर्गा बिरही सानै देखि गीत संगीतमा एकदमै (क्रेजी) पागल हुनुहुन्थ्यो । स्कुलमा पढाईमा तेस्रो स्थान कहिले नछाड्ने पढाईमा राम्रो सफल्ता थियो । बिरही भन्नू हुन्छ ।

मलाइ एफ.एम. मा लोकदोहोरी गीत र क्यासेटमा भए पनि प्राय: बिष्णु खत्री र इन्द्र जि.सि. अनि बिमा कुमारी दुरा र कृष्ण पारियार राजु परियारको गीत नसुनी होमवर्क गर्नु हुदैन थियो रे । बिरही भलीबल पनि निकै राम्रो खेल्ने भएकोले ८ /९  कक्षामा पढ्ने समयमा त धेरै जसो टाढा टाढा सम्म भलीबल गेम खेल्न हिड्ने गर्नु हुन्थ्यो । विभिन्न एकल लोक गीत दोहोरी प्रतियोगितामा पनि बिरही पहिलो दोस्रो तेस्रो भएकै हुने गर्नु हुन्थ्यो । र पनि पढाईमा तेस्रो स्थान प्राप्त हुने गर्थ्यो ।

बिरही आज गीत संगीतमा औपचारिक रुपले संगीत यात्रामा प्रवेश गरेको एक बर्ष  मात्र भएको छ। सुरुवात मा काठमाडौं झरियो भन्ने गीतबाट संगीत यात्रा थालनी गर्नु भएको थियो । जसमा बिरहीको आफ्नै लय/शब्द/स्वर थियो । भने टीका पुनले साथ दिनु भएको थियो। अभिन मा दुर्गेश थापा र करिस्मा ढकाल हुनुहुन्थ्यो । 

गीतको एरेन्ज आशिष अबिरले गर्नु भएको थियो। राज कुमार बगर रेकर्डिङ गर्नु भएको थियो भने राजेन्द्र भट्टले निर्देशक गर्नु भएको थियो । काठमाडौं झरियो नामक गीत बाट चर्चा परिचर्चा कमाउन सफल हुनु भएको दुर्गा बिरही  एक बर्ष  महिना कै अन्तरमा आफ्नै मात्र १३ वटा र अरुको लय शब्द गरेको मोडल गरेको सबै गरेर १८  वटा गीतहरूमा  आफ्नो भुमिका खेलिसक्नु भएको छ ।
१, काठमाडौं झरियो
२,तिमी बस्ने मुटु
३,भत्किएको घर
४,चैते दसैं पर्व
५,मिलन हुदा
६,यति धेरै सानूको माया
७,रोदिमा झरियो
८,भन्छौ सानू के छ् खबर
९,पर्देशीको पिडा
१०,सेक्सी देखिन्छौ
११, चेलिको बिचल्ली
१२,मायाको अमृत पिउन देउ
१३, उमेश र उषाको कथा
आदी गीतहरु बिरहीको आफ्नै लय/शब्द/स्वरमा छ। दुर्गा बिरही भन्नू हुन्छ ।

पहिला म चर्चित गायक बन्ने मात्र सोचेको थिए र यहाँ लागेर बुझे कि  म चर्चित गायक मात्र बन्ने मेरो सपना मात्र भयो। तेसैले म मोडेल गर्न लागे र मोडेल गर्दै जादा बिरही निर्देशक पनि बन्न सक्छु भन्ने आसा पलायो ।

आज गल्ती भयो कि… दिपक छेत्रीको पहिलो गीतमा आफ्नै निर्देशन र आफ्नै बेजोड अभिनय गर्नु भएको छ। दुर्गा बिरहीको जीवन कथा ब्यथ कोट्याउने हो भने। आँखामा आँसु नखसाउने कुनै ब्यत्ती हुदैनन होला।
११  बर्षमा बाबा गुमाए पछिका पलहरु निकै दुखदाही का साथमा जीवनयापन गर्नु हुने गायक तथा मोडेल र निर्देशनमा जम्दै गरेको दुर्गा बिरही यहि भन्नू हुन्छ ।

सबै संग हासेर बोल्ने एकदमै अनुशासन भएका बिरही आजको दिन सम्म पनि कसै संग नराम्रो भन्ने भए कै छैन र भाबिदिनमा पनि हुने छैन भन्नू हुन्छ । सायद उच्च बिचार असल ब्यत्ती भएरै होला बिरही छोटो समयमा  निक्कै भुमिकामा  खेल्दै हरेक स्रोताहरुको मन मुटु मा बस्न सफल हुनुहुन्छ । 

प्रकाशित मिति: Feb 16, 2017

प्रतिक्रिया दिनुहोस्