Logo
७ बैशाख २०८१, शुक्रबार
(February 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५ लाख राशिको बुढासुब्बा गोल्डकपमा १० टोली भिड्ने

धरान, ०५ फागुन । मोफसलको चर्चित फुटबल प्रतियोगिता बुढासुब्बा रेडबुल गोल्डकपको १९ औं संस्करण शुक्रबारदेखि शुरु हुदैछ । प्रतियोगितामा पहुना टोलीको रुपमा भारतबाट दुर्गापुर र युनाइटेड सिक्किम फुटबल क्लबले पहिलो पटक भाग लिएका छन् । युनाइटेड सिक्किम पुर्वभारतीय कप्तान भाइचुङ भुटियाले सञ्चालन गरेको एकेडेमी हो ।

धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भइसकेको आयोजक धरान फुटबल क्लबले जानकारी दिएको छ । फागुन १४ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन कांग्रेस नेता एवं सांसद मिन विश्वकर्माले गर्नेछन् भने प्याराग्लाइडिङ उडेर स्वागत पनि गरिनेछ ।

खेलस्थलमा बाँसको प्यारापिटसमेत निर्माण गरेर ५ हजार बढी दर्शक क्षमता बनाइएको क्लबले जनाएको छ। मैदानको पुर्वपट्टि कम्तिमा २ हजार २ सय दर्शक क्षमताको पक्की प्यारापिट छ। टिकट काटेका दर्शकहरुमध्येबाट लक्की ड्र गरेर प्रत्येक सेमीफाइनल खेलमा एक जनालाई माउण्टेन बाइक उपहार पनि दिने आयोजकले घोषणा गरेको छ ।  कुल ६५ लाख ६७ हजार ५ सय आय हुने अनुमान गरिएको प्रतियोगितामा ५४ लाख ८५ हजार खर्च हुने आँकलन छ ।

क्लबका अनुसार प्रतियोगितामा दुई विदेशी टोलीसहित १० टिमले प्रतियोगितामा सहभागीता जनाउँदैछन् । प्रतियोगिताको उद्घाटन खेल पाहुना टोली दुर्गापुर स्टिल कलकत्ता, भारत र संकटा एफसि काठमाडौबीच हुनेछ । प्रतियोगितामा पहुना टोलीको रुपमा भारतबाट दुर्गापुर र युनाइटेड सिक्किम फुटबल क्लबले पहिलो पटक भाग लिएका छन् । युनाइटेड सिक्किम पुर्वभारतीय कप्तान भाइचुङ भुटियाले सञ्चालन गरेको एकेडेमी हो ।

एपिएफ क्लब, काँकडभिट्टा ट्रेनिङ सेन्टर झापा, रुपन्देही फुटबल क्लब, पोखरा फुटबल क्बल र नेपाल पुलिस क्लबले पनि प्रतियोगितामा भाग लिनेछन्। आयोजकको पहेलो (सिनियर) र निलो(जुनियर) गरी दुई टिमले भाग लिने क्लबका अध्यक्ष किसोर राईले जानकारी दिए ।साविक विजेता मनाङ मस्र्याङ्दी क्लब भने यो संस्करणमा सहभागीता जनाउने छैन ।

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउनेछ। गत संस्करणमा विजेता र उपविजेताको पुरस्कार राशी ४ लाख र २ लाख थियो । उत्कृष्ट खेलाडीले एक थान यामाहा मोटरसाइकल र सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउने महासचिव प्रताप तामाङले बताए ।  उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्ड र उत्कृष्ट प्रशिक्षकले जनही नगद १५ हजार पाउनेछन्। हरेक खेलको म्यान अफ दि म्याचलाई नगद ५ हजारसहित उपहार पनि दिइने उनेले बताए।

 

प्रकाशित मिति: Feb 16, 2017

प्रतिक्रिया दिनुहोस्