Logo
६ बैशाख २०८१, बिहीबार
(February 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

OPPO मोबाइलको नाममा ब्रम्हलुट: दिन दहाडै ग्राहक ठगी !

काठमाडौं । विश्वको चौथो ठूलो मोवाइल ब्राण्ड दाबी गरेको ओप्पो मोबाइल नेपाली बजारमा धुमधामका साथ भित्रिए सँगै उपभोक्ताहरुको गुनासो पनि उत्तिकै आएको छ । एक कार्यक्रमका समारोह बीच ओप्पोको नेपालको आधिकारिक बिक्रेता “सेल मोबिलिटी”ले चिनियाँ मोबाइल ओप्पो नेपाली बजारमा सार्वजनिक गरेको थियो ।

‘सेल्फी रिभोलुसन’ भएको यो ब्राण्ड विश्वभरीमै चर्चित भएको तथ्य पनि छ । तर पछिल्लो समय एसियाका विभिन्न मुलुकमा बिक्रीका आधारमा शीर्ष स्थानमा रहेको यो ब्राण्डले नेपालमा पनि चाँडै पहिलो नम्बरमा पुग्ने दाबी गरिएता पनि ओप्पो मोबाइलको बिश्वासनियता नेपाली बजार भने सोचेको जस्तो नभएको उपभोक्ताहरुको गुनासो छ।

नेपाली बजारमा धेरै प्रकारका मोबाइलहरु बजारमा उपलब्ध भएका मध्ये ओप्पो मोबाइलले उपभोक्ताहरुलाई व्यापक ठगी गरेको गुनासो आएको छ । ओप्पो मोबाइलले चाइनिज नक्कली पार्टपुर्जा राखेर उपभोक्तालाई विश्व चर्चित मोबाइल भन्दै खासाका सस्तो क्वालिटीको मोबाइल बजारमा बिक्री वितरण गरिरहेको पाईएको छ ।

“ओप्पो मोबाइलका उपभोक्ताहरुका अनुसार सबैभन्दा भन्दा मोबाइलमा ठूलो समस्या भनेको मोबाइल ह्याङ्ग हुने, डबल सिम राखेर चलाउँदा नचल्ने, ब्याट्री २४ घण्टा भन्दा बढी नटिक्ने बताईएको छ ।” “ओप्पो मोबाइल प्रयोगकर्ता प्रकाश वाइवाका अनुसार ताम्राकार हाउसबाट ओप्पो मोबाइल २० हजार हालेर खरिद गरेको एक हप्ता पनि नबित्दै मोबाइलमा समस्या देखा परेपछि साट्न जाँदा नसाटेर मोबाइल बनाई दिने भनेर मोबाइल बनाउँदा समेत पुन समस्या मोबाइलमा देखा परेको पीडितको भनाई छ ।”

ओप्पो मोबाइलले नेपाल भित्र्याउने मोबाइलको कुल संख्या भन्दा बढी मोबाइल भित्र्याएर राजस्वमा करोडौंको ठगी गरेका कारण एकथरीले राजस्व अनुसन्धानमा मुद्धा हाल्ने तयारी गरेका छन् । ओप्पोको नेपालको आधिकारिक बिक्रेता “सेल मोबिलिटी” भनिएता पनि त्यसको कुनै स्पष्ट ठेगाना र फोन नम्बर छैन । थर्ड फ्लोर कमलपोखरी वडा नम्बर ३१ काठमाडौं नेपाल मात्र उल्लेख छ । ओप्पो मोबाइलको कालोधन्दा सम्बन्धमा नेपाल प्रहरीको सिआईबीले छानबिन गर्ने भएको छ ।

यद्धपी स्मार्टफोन बजारमा चमत्कारिक प्रदर्शन गरिरहेको ओप्पो मोबाइल चिनियाँ बजारमा भने नम्बर एक स्थानमा उक्लिन सफल भएको छ । चीनको ईन्फरमेशन ह्याण्डलिङ सर्भिसेज (आईएचएस)का रिसर्च एनालिष्ट केभिन व्याङद्वारा सेयर गरिएको तथ्याङ्क अनुसार सन् २०१६ को तेस्रो चौमासमा ओप्पोले हुवावेलाई पछि पार्दै चिनियाँ स्मार्टफोन बजारको शीर्ष स्थान ओगट्न सफल भएको छ ।

प्रकाशित मिति: Feb 15, 2017

प्रतिक्रिया दिनुहोस्