Logo
८ बैशाख २०८१, शनिबार
(February 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्यासको मूल्य बढाउन व्यवसायीको दवाब

काठमाडौं, ४ फागुन । ग्यास व्यवसायीले खाना पकाउने ग्यासको मूल्य बढाउन सरकारलाई चर्को दवाब दिएका छन् । घाटा भइरहेको भन्दै मुल्य बढाउन ब्यवसायीहरुले माग गरेका हुन ।

बुधवार एक कार्यक्रम गरि नेपाल एलपी ग्यास उध्योग संघ, नेपाल ग्यास विक्रेता महासंघ लगायतले ग्यासको मूल्य बढाउन यस्तो दवाब दिएका हुन् । यसअघि नेपाल आयल निगमले केही दिनअघिमात्र ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ वृद्धि गरेको थियो ।

नेपाल एलपी ग्यास उद्योगका अध्यक्ष शिव घिमिरेले उद्योगी व्यवसायीको नाफा कम भएको बताए । कार्यक्रममा बोल्दै ग्यास विक्रेता महासंघका महासचिव चन्द्र थापाले कमिसन कम हुँदा व्यवसाय नै बन्द गर्ने स्थिति आएको बताए ।

हाल व्यवसायीले प्रतिसिलिन्डर मुनाफा ३२ रुपैयाँ छ । तर निगमका निर्देशक दिपक बरालले ग्यासको मूल्य बढाउन नसकिने बताएका छन । नेपाल चेम्बर अफ कमर्सका सन्तोष पाण्डेले कारोबार उच्च भए पनि मुनाफा अत्यन्तै कम हुँदा व्यवसायी मर्कामा परेको बताए ।

मुलुकमा उद्योगी र व्यवसायी बाँच्ने आधारै रहेन, उनले भने ।  दस वर्षदेखि निगमले कमिसन वृद्धि गरेको छैन । नेपाल एलपी ग्यास उद्योगका अध्यक्ष शिव घिमिरेले उद्योगी व्यवसायीको नाफा कम भएको बताए ।

प्रकाशित मिति: Feb 15, 2017

प्रतिक्रिया दिनुहोस्