Logo
१५ चैत्र २०८०, बिहीबार
(February 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्तरपुस्तिकामा फोन नम्बर र नाम लेखेको भन्दै २२ परीक्षा रद्द

फाल्गुण १ , काठमाडौं । परीक्षकलाई प्रभाव पर्ने गरी उत्तरपुस्तिकामा परीक्षार्थी र उमेदवारहरूले चिठी लेख्ने प्रचलन पुरानै हो । अब त मोबाइल नम्बर र अनावश्यक व्यहोरा अर्थात पैसाको ‘डिलिङ’ हुन थाल्यो । यस्तै भयो स्थायी शिक्षक पदपूर्तिको लिखित परीक्षामा ।

उत्तरपुस्तिकामा चिठी तथा नाम र फोन नम्बर लेखेर मर्यादा विपरित काम गरेको भन्दै शिक्षक सेवा आयोगबाट निम्नमाध्यमिक तह तृतीय श्रेणीको स्थायी शिक्षक पदपूर्तिको लिखित परीक्षा दिने २२ जना उमेदवारको परीक्षा नै रद्द भएकोछ ।

शिक्षक सेवा आयोगले खुला प्रतियोपगितात्मक लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ताको सूचना प्रकाशित गरे सँगै पाँच वटै विकास क्षेत्रका २२ जना उम्मेदवारको अमर्यादित कार्य, नाम सहितको व्यहोरा नै प्रशाशित गरेको छ ।

आयोगले सूचनामा चिठी तथा फोन नम्बर र नामको सन्दर्भ खुलाएपनि अनावश्यक व्यहोराको सन्दर्भ भने खुलाएको छैन । अझ रमाइलो प्रसंग के छ भने अमर्यादित व्यहोरा लेखेको भनेर परीक्षा रद्द गरिएको उम्मेदवारमा महिलाको संख्या बढी रहेको छ । २२ जनामध्ये १२ जना महिला उमेदवारहरुको परीक्षा रद्द गरिएको छ ।

०४०१०० रोल नं. भएका संजयकुमार यादवले खण्ड क को मूल उत्तरपुस्तिका दुइ वटा भएकोले उनको उत्तर पुस्तिका रद्द गरिएको शिक्षक सेवा आयोगले जनाएको छ । ०३०३७३ रोल नं टंकप्रसाद दहालले उत्तरपुस्तिकामा फोन नम्बर लेखेकाले उनको परीक्षापनि रद्द भयो । त्यस्तै १८०७१० की जयन्तीकुमारी उपाध्यायले उत्तरपुस्तिकामा परीक्षकको नाममा चिठी लेखेको भनेर उनको परीक्षा रद्द गरिएको सूचना आयोगले प्रकाशित गरेको छ ।
पाँचै विकास क्षेत्रमा पूर्वाञ्चलका समभन्दा धेरै ९ जनाले उत्तरपुस्तिकामा अमर्यादित काम गरेको आयोगले जनाएको छ । त्यस्तै मध्यपश्चिमाञ्चलमा ५ जनाले, पश्चिमाञ्चलमा तथा सुदूरपश्चिमाञ्चलमा ३–३ उम्मेदवारले र मध्यमाञ्चलमा २ जनाले उत्तरपुस्तिकामा अनावश्यक व्यहोरा प्रस्तुत गरेर रद्द सूचिमा परेका छन् ।

आयोगले निमावि तहका ११ सय १७ रिक्त पदका लागि गत जेठ १० गते विज्ञापन गरेको थियो । परीक्षा भने गत भदौ ११ गते भएको थियो । देशभरबाट १ लाख १६ हजार ३ सय ४० जनाले आवेदन हालेको आयोगले जनाएको छ । बाह्रखरीमा समाचार छ ।

प्रकाशित मिति: Feb 12, 2017

प्रतिक्रिया दिनुहोस्