Logo
७ बैशाख २०८१, शुक्रबार
(February 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘प्रहरी महानिरीक्षकको नियुक्तिमा मेरो संलग्नता छैन’

काठमाडौँ, १ फागुन । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिका विषयमा केही सञ्चारमाध्यमले आफ्नो नामलाई जोडेर समाचार प्रकाशित गरेकामा ध्यानाकर्षण भएको नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले जनाएका छन ।

प्रहरी महानिरीक्षक नियुक्त गर्ने विषय नितान्त मन्त्रिपरिषद्को अधिकार क्षेत्रको विषय भएको उल्लेख गर्दै उहाँले एक विज्ञप्तिमार्फत त्यस विषयमा पार्टी सभापतिको नाताले आफ्नो कुनै संलग्नता नरहने स्पष्ट पारेका हुन ।

“कानुनअनुसार मन्त्रिपरिषद्मा नियुक्तिको अधिकार रहेको प्रहरी महानिरीक्षक बनाउने विषयमा केही सञ्चारमाध्यमले नियोजित रुपमा उहाँको नाम जोडेर प्रकाशित गरेको समाचार झूटो, भ्रामक र कपोलकल्पित भएको यसै प्रेस नोटमार्फत स्पष्ट पार्न चाहन्छु,” सभापति देउवाका तर्फबाट उहाँका सहयोगी केशवराज जोशीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारले आजै नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय गरेको थियो । रासस

प्रकाशित मिति: Feb 12, 2017

प्रतिक्रिया दिनुहोस्