Logo
१३ बैशाख २०८१, बिहीबार
(February 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल प्रहरीको प्रहरीको नयाँ IGP बने डा. पोखरेल

काठमाण्डौ, फाल्गुण १ । नेपाल प्रहरीको कार्यवाहक आइजिपिमा डा. दिनेशचन्द्र पोखरेलले जिम्मा पाएका छन । अवकास हुन लागेका बर्तमान आइजिपि उपेन्द्रकान्त अर्यालले आइजिपि वरियता क्रमको विवाद सर्वोच्चबाट छिनोफानो नहुन्जेलसम्मका लागि कार्यवाहक प्रहरी प्रमुखको जिम्मेवारी प्राविधिकतर्फका एआईजी डा. पोखरेललाई दिएको हो ।

प्रहरी श्रोतका अनुसार डीआईजीद्वय सिलवाल र चन्दको विवाद अदालत पुगेपछि महानिरीक्षक उपेन्द्रकान्त अर्यालले एआईजी पोखरेललाई अगाडि बढाएका हुन् । पोखरेल हाल प्रहरी अस्पतालमा प्रमुखको रूपमा कार्यरत छन् ।

आइतबार बिहानै सरकारले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । तर, केही घन्टामै सर्वोच्च अदालतले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो ।
सरकारले आइतबार नेपाल प्रहरीको प्रमुखमा डीआईजी जयबहादुर चन्दलाई नियुक्ति गर्ने निर्णय गरेलगत्तै अर्का डीआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेकाछन ।

त्यसअघि नै अधिवक्ता कपिलदेव ढकालले नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा सरकारले वरिष्ठताक्रम मिच्न लागेको भन्दै सर्वोच्चमा शुक्रबार नै रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै आइतबार सर्वोच्चले चन्दको नियुक्ति तत्काल रोक्न अन्तरिम आदेश समेत दिएको छ ।

प्रकाशित मिति: Feb 12, 2017

प्रतिक्रिया दिनुहोस्