Logo
२० मंसिर २०७९, मंगलबार
(February 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैदेशिक रोजगार पिडा: ‘खान नदिनेदेखि शारीरिक शोषण सम्म’

सुर्य चन्द, काठमाडौँ ।  सिन्धुपाल्चोक जिल्ला घर भई काठमाडौँलाइ कर्मथलो बनाउदै आएकी तारा गहतराज (बिस्वकर्मा)ले जिबनमा दुख नै दुख मात्र भोग्नु पर्यो ।  बच्चा बेला देखिनै बिभिन्न दुख पिडा सहदै भौतारिदै जिबन व्यतित तथा जिउने क्रममा उनले कहिले सुखको अनुभब गर्न पाइनन् ।  दुख पिडा संगै अरुकोनै घरमा हुर्केकी ताराको संघर्षको कहानी यस्तो छ ,  गाउमा हुर्के बढेकी ताराले धेरै पढ्न पनि पाइनन, जब उनि जवानीमा प्रवेश गरिन उनको बिहे पनि भयो ।

विबहा पछिका दिनहरुमा अझ उनको थाप्लोमा जिम्मेवारीहरु थपिदै गए त्यस पछि उनले सन्तानको रुपमा २ छोरा पनि जन्माइन, छोराहरु जन्मे पछि त झन् उनीहरुलाई घरपरिवार चलाउन भनु या दैनिक गुजारा चलाउनपनि हम्मे हुदै गयो ।  पहिलो बेरोजगारीको समस्या दोश्रो परिवारमा थप भएको जिम्मेवारी अनि आफ्नो छोराहरुको लालन पोषण देखि उनीहरुको दैनिक आबश्यकता पुरा गर्नु पर्ने जिम्मेवारी साथै उनीहरुको भबिष्यको चिन्ताले थपिदै गयो ।

श्रीमान-श्रीमती बीच घरपरिवार कसरि चलाउने भन्ने सल्लाह हुदै जादा श्रीमानलाइ विदेश जाउ भन्दा विदेश जादा पनि म्यानपावर एजेन्सीलाई पैसानै तिर्नु पर्ने बाध्यता भएको हुदा आफुहरु संग पैसा नभएको र कसैले ऋण पनि नपत्याउने भएको हुदा बरु तिमि नै विदेश जाउ भन्ने घरपरिवारको सल्लाह भयो किनकि महिलालाई खाडी मुलुक जादा दलालहरुले सामान्य पैसा लिएर खाडी मुलुकमा घरेलु कामदारको रुपमा पठाउने गर्छन ।

त्यसै अनुरुप उनले विदेश जान भनेर पासपोर्ट पनि बनाइन र एकजना म्यानपावरको दलाल मार्फत उनि पहिलो पल्ट लेबनान गईन, जब उनि लेबनान पुगिन र घरमा काम गर्न थालिन उनको कष्टकर दिनहरु सुरु हुन थाले दिने पिच्छे कुटाइ खानु पर्ने, बिहान बेलुका राम्रो संग खान पनि नदिने, राम्रो संग सुत्न पनि नपाउने अनि तलब पनि नदिने कार्यहरु हुदै गए उनको जीवनका सपनाहरु चकनाचुर हुदै गए ।

जब उनले दुख भोग्दै गईन तत्पश्चात उनि धेरै बिरामी पनि पर्दै गईन र विदेश गएको एक बर्षमानै केहि आफुले काम गरेको रकम लिएर उनि नेपाल फर्कन बाध्य भईन ।  उनि नेपाल त फर्किन तर अब के गर्ने भन्ने थप अन्योलमा परिन अलिकति कमाएर लिएर आएको पैसाले नि श्रीमानले मोटरसाइकल किनेर सकिदिए,पैसाको अभाबले गर्दा उनले आफ्नो राम्रो उपचार पनि गर्न पाइनन ।

नेपाल आए पछि उनलाई झन् अन्योल थपियो के काम गर्ने कसो गर्ने लगानी गर्ने पनि पैसा छैन र फेरी पनि उनले विदेश जाने निर्णय गरिन ।  विदेश जाने निर्णय त गरिन तर कहाँ कुन देश जाने भन्ने कुरा आयो अनि उनले एक जना अर्को दलाललाइ भेट्टाइन, उक्त दलालले उनलाई दुबई पठाई दिन्छु भनेर केहि रकम लिएर उनलाई दुबई पठाईदियो ।

जब उनि दुबई पुगिन त्यस पछि उनलाई केहि दिन दुबईमा राखेर उनलाई ओमान भन्ने अर्को देशमा अरबिको घरमा काम गर्न पुर्याइयो । जब उनि ओमानको एक अरबिको घरमा काम गर्न पुगिन उनको नर्कको दिनहरु सुरु भए, उनले त्यो घरको सम्पुर्ण कामहरु एक्लैले गर्नु पर्थ्यो, ८/१० जना परिवारको हरेक कामहरु गर्नु पर्थ्यो, त्यसको अलवा दैनिक रुपले मालिक मालिक्नीले पिट्ने, गालि गर्ने, खान नदिने गर्न थाले जब अत्याचारको पराकाष्ट नाघ्दै गयो,उनि त्यो घरका मालिकका छोराहरुको दैनिक रुपमा शारीरिक शोषणको सिकार बन्न थालिन र आफ्नो मानसिक सन्तुलन गुमाउन पनि थालिन दिन प्रतिदिन ।

उनको शरीर भरि निलडाम मात्र थिए भने कति चोटी त उनले आत्माहत्याको प्रयास पनि नगरेको होइनन तर आफ्नो २ जना छोराहरुको मायाले मर्न भने सकिनन ।  जब तारा गहतराज बिस्वकर्माले ओमानको एक अरबिको घरमा दुख पाएर पिडित भएर बसेको कुरा आशा फ़ाउण्डेशनकि अधक्ष्य आशा लामाले पत्ता लगाइन त्यसपछि उनले तारालाई जसरि भए पनि उद्दार गरेर नेपाल फर्काउने सोच बनाएर उनले उद्दारको प्रक्रियाहरु सुरु गरिन ।

उद्दार गर्न त्यति सजिलो त थिएन तर पनि उनले तारालाइ उद्दार गरेर सम्पुर्ण खर्चको आफैले ब्यबस्थापन गरेर उनले तारालाई नेपाल सम्म लिएर आईन तर तारा गहतराज नेपाल आउदाको स्थिति एकदम फरक थियो उनिले पूर्ण रुपमा मानसिक सन्तुलन गुमाएकी थिइन्, न उनले मान्छेनै राम्रो संग चिन्थिन ।

जब आशा फ़ाउण्डेशनकि आशा लामाले तारा गहतराजलाइ नेपाल लिएर आइन त्यसपछि उनले तारालाई सुधार केन्द्रमा राखेर उपचार गरेर उनलाई पहिलेकोनै जस्तो सामान्य स्थितिमा बनाएर उनको घरपरिवारलाई जिम्मा लगाइन ।  त्यति मात्र होइन आशा लामाले ति दुइ जना बच्चाहरुलाइ शिक्षाको लागि पहल गरेर उनीहरुलाई स्पोन्सर समेतको व्यवस्था गरिदिएकी छिन ।  हुनत तारा गहतराज बिस्वकर्माले आजका मिति सम्म पनि मानसिक सन्तुलनको औषधिको प्रयोग गरिरहनु परेको छ ।

तारा गहतराजको दुख यतिमानै समाप्त हुदैन जब उनि नेपाल आइन उनका श्रीमानले दोस्रो विबहा गरि सकेका रहेछन, घरपरिवारका अपहेलना समाजको घृणित ब्यबहारले उनलाई झन् एक्लो बनायो ।  दुखका दिनहरु बित्दै थियो परिवार,समाज अनि श्रीमानको अपहेलना सहदै जादा आफ्नो छोराहरुलाइ दुख गर्दै हुर्काउदै जादा उनको श्रीमानको पनि मृत्यु भयो l श्रीमानको मृत्यु पछि झन घरपरिवार परिवारले उनलाई अलच्छिन भन्दै हेला गर्न थाले पहिले त उनि एक्लो थिइन् भने झन अब उनि नितान्त एक्लो भईन ।

एक्लो जिबन व्यतित गर्दै जादा कहिले उनले रागाको, कुखुराको मासुको ब्यापार गर्न थालिन त कहिले ज्यामी काम गर्न थालिन । दिनहरु बित्दै थिए त्यतिकैमा उनलाई पनि फेसबुक चलाउने रहर लाग्न थाल्यो र आफ्नो चौध बर्षको छोरालाई फेसबुक खोल्न लगाइन । फेसबुक चलाउदै जादा उनको भेट कतारमा बस्ने सुर्खेतका जित बहादुर बिक संग भयो र सुरु भयो फेरी अर्को प्रेम कहानी । उनिहरुले बिदेशमा बस्दा भोगेका आफ्नो आफ्नो दुख सुखका कुराहरु साट्दै जादा एक अर्कालाइ साथ दिने कुराहरु पनि हुन थाले त्यतिकैमा जित बहादुरले तारालाई भने हेर तारा म पनि दुख भोगेको पिडा भोगेको मान्छे हु ।

सानै उमेर देखि दुखमा हुर्केर अहिले कतारमा दुख गर्न आए तर यहा पनि मेरो कम्पनि राम्रो परेन तिन चार महिना देखि तलब पाको छैन त्यहि भएर म नेपाल आउन चाहन्छु बरु हामी दुख सुख संगै बाढेर बसुला तिम्रो छोराहरुलाई पनि हामी दुई जना मिलेर भरण पोषण गरुला बरु एउटा छोरा बिरामी भएको भनेर अस्पतालको कागज बनाएर पठाई देउन भनेर फकाई फुलाई गरेर तारालाई आफ्नो मायाजालमा फसायो ।

जित बहादुरले भन्दै गयो र तारा गहतराजले उसको कुरा सुन्दै र मान्दै गईन  । जब उनले नेपाल बाट रु १५०० तिरेर अस्पतालको नक्कली कागज बनाएर कतार पठाइन अब जित बहादुरको नेपाल आउने कुरा पक्का भयो ।   सुर्खेतका जित बहादुर बिक जब कतार बाट नेपाल आए त्यसपछि उनले आफ्नो झोलाहरु कुनै एउटा होटेलको रूममा राखेर तारालाई कल गरेर आफु नेपाल आइसकेको जानकारी गराए र आफु आकाशे पुलनिर भएको र आफुलाई लिन आउन आग्रह गरे तर बेलुकाको समय भएको र आफु आउन नसक्ने जानकारी ताराले गराइन बरु ट्याक्सी चढेर आउन र यहा आए पछि ट्याक्सीको पैसा आफुले तिरिदिने कुरा गरे पछि जित बहादुर तारालाई कल गर्दै गाडी चढेर काठमाडौँको थलीमा पुगे जहा तारा जित बहादुरलाई कुरेर बसेकी थीइन ।

जब उनीहरुको भेट भयो दुख सुखका कुराहरु गर्दै माया साट्न थाले, भविष्यका योजनाहरु बुन्न थाले अनि सुन्दर सपनामा रमाउन थाले, आफुले बिदेशमा भोगेका दुखका कुराहरु सुनाउन थाले ।  ताराले उनको घर परिवार अनि समाजको मान्छेलाई पनि चिनाइन र आफ्नो भाइ बस्ने ठाउमा समेत लगेर परिचय गराइन  ।   तर उनको खुसि धेरै दिन सम्म रहन सकेन जित बहादुर नेपाल आएको पांच दिनमानै आफ्नो बाबु मरेको र क्रियापुत्री बस्न सुर्खेत जानु पर्ने कुरा बताए अनि आएको पाच दिनमा जित बहादुर बिक तारालाई छोडेर सुर्खेत घर जान्छु भनेर हिडे र जाने बेला समेत गाडी भाडा भनेर रु १००० लिएर गएका थिए ।

जब जित बहादुर तारालाई छोडेर हिडे त्यसपछि सम्पर्क बिहिन भए न फेसबुकमा म्यासेज आउछ न मोबाइलमा कलनै अनि मात्र थाहा भयो उनले धोका पाएको र गल्ति गरेकामा पछुतो लाग्न थाल्यो तारा गहतराजलाई ।  पछि बुज्दै जादा उसको त घरमा श्रीमती र तिन जना छोरा छोरी समेत रहेको र घरमा बाबु समेत केहि नभएको जानकारी प्राप्त गरिन ।  ताराले माया गरिन विश्वास गरिन भरोसा गरिन तर आखिर त्यसको बदलामा उनले पाइन् के त ? अहिले उनले आफ्नो छोरा देखि घर परिवार समाज बाट बहिष्कार भोग्नु परेको छ ।

त्यो जित बहादुरलाई सजाय दिने कसले ? यस्ता तारा जस्ता हजारौ महिलाहरु पिडित छन् यो हाम्रो समाजमा उनीहरुको पक्षमा बोलिदिने कसले, यो प्रश्नको उत्तर कुनै सम्बन्धित निकाय संग छ त? तारा गहतराज जस्ता पीडितले न्याय खोज्न कहा जाने ? तारा गहतराज अहिले मानशिक रुपमा एकदम धेरै विछिप्त बनेकी छिन अनि फेरी पनि उनि विदेश जाने सोचमा रहेकी छिन मात्र छोराहरुको भविष्यको लागि भनेर तर के उनि फेरी विदेश गएर उनलाई राम्रो होला त उनि सुरक्षित होलिन त ? विदेश नगए पनि कसैले ऋण पत्याए एउटा सानो चिया पसल खोलेर आफ्नो गुजारा चलाउने उनको सोच छ ।

तर त्यसको लागि पनि उनले धेरै संघर्ष गर्नु पर्नेछ किनभने नेपाली समाजको बर्तमान परिस्थिति संग हामी सबै ज्ञातनै छौ ।  समाजसेवी तथा आशा फ़ाउण्डेशनकि अधक्ष्य आशा लामाले उनलाई फेरी पनि विदेश नजान सल्लाह दिएको र आफुले तारा गहतराजको लागि आत्मानिर्भर बनाउन लगानी गरि दिने र उनलाई फेरी पनि सामान्य जिबनमा फर्काउन मद्दत गर्ने अनि एक आत्मानिर्भर महिलाको रुपमा स्थापित गराउन सहयोग गर्ने बचन बद्दता पनि प्रकट गरेकी छिन ।

प्रकाशित मिति: Feb 9, 2017

प्रतिक्रिया दिनुहोस्